भिजिट भिसाको दुरुपयोग बढेको भन्दै विमानस्थलमा कडाइ - NepaliPatra

काठमाडौँ । भिजिट भिसाको दुरुपयोग बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले कडाइ गरेको छ । पछिल्लो एक हप्तामा भिजिट भिसामा विदेश जान लागेका पाँच सयभन्दा धेरैलाई अध्यगमन कार्यालयले विमानस्थलबाटै फर्काइदिएको छ । बिचौलियाले गलत रूपमा प्रयोग गरी खाडीसहित प्रतिबन्धित देशमा घरेलु कामदार पठाउन थालेको देखिएपछि कडाइ गरिएको अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले उज्यालोलाई बताए […]

सम्बन्धित सामग्री

भिजिट भिसामा कडाई, पालना गर्नुपर्छ १९ बुँदे निर्देशन

गृह मन्त्रालयले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई पत्र लेखेर आवश्यक व्यवस्था गर्न भन्दै १९ बुँदे निर्देशन दिएको छ । भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता व्यक्ति विभिन्न समस्यामा पर्ने गरेका घटना सार्वजनकि भएपछि सरकारले भ्रमणमा जाने व्यक्तिको हकमा कडाइ गर्न थालेको हो । उक्त समस्या समाधानका लागि केही अघि …

भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्था रोक्न भिसामा कडाइ : गृह मन्त्रालय

काठमाण्डाै – गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई राेक्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ । खाडी देशहरूमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको भन्दै विदेशबाट गुनासाहरू आएपछि सरकारले भिजिट भिसा प्राप्तिका लागि सर्तहरू राखेर कडाइ गरेको गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले बताउनुभयो । भिजिट भिसाका लागि भ्रमणको उद्देश्य तथा कार्यक्रम, आधारभूत मापदण्ड प्रक्रिया र कागजात पूरा भए/नभएको हेर्ने व्यवस्था राख्न कार्यदलल...

भिजिट भिसाका शर्त नेपालीको सुरक्षाका लागि हो : कार्यदल संयोजक पोखरेल

काठमाडौं : गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्था निरुत्साहित गर्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ। पछिल्लो समय खाडी मुलुकमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेको संख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको भन्दै विदेशबाट अत्यधिक गुनासो आएपछि सरकारले भिजिट भिसा लिनका लागि शर्तहरू राखेर कडाइ गरेको मन्त्रालयका सह-सचिव फणिन्द्रमणि पोखरेलले बताएका छन्।सरकारले भिजिट भिसाका लागि भ्रमणको उद्देश्य तथा कार्यक्रम, आधारभूत मापदण्ड प्रक्रिया र कागजा

विदेशमा अलपत्र हुने अवस्थालाई निरुत्साहित गर्न भिजिट भिसामा कडाइ : गृह मन्त्रालय

गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहीत गर्न भिसामा कडाइ गरिएको बताएको छ । पछिल्लो समय खाडी मुलुकहरुमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेको र...

‘भिजिट भिसाको प्रतिवेदन नै नहेरी एकोहोरो विरोध गरियो’

विभिन्न प्रलोभनमा परी वैदेशिक रोजगारीका लागि भिजिट भिसामा विदेश पुगेका नेपाली अलपत्र पर्न थालेसँगै सरकारले कडाइ गरेको छ। त्यसैले सरकारले ‘भिजिट भिसाको समस्या समाधान गर्नका लागि भिजिट भिसा र सोबाट सृजित समस्या तथा समाधानका उपायसम्बन्धमा सिफारिस गर्न गठित कार्यदल’ गठन गरेको थियो।गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा  गठन भएको कार्यदलले  तयार पारेको प्रतिवेदनमा सर्वसाधारणलाई विदेश जानका लागि वार्षिक १० लाख आम्दानी र पाँच लाख रूपैयाँ बैंक ब्यालेन्स

भिजिट भिसामा थप कडाइ

भिजिट भिसामा तपाईं खाडी मुलुक र मलेसिया जाँदै हुनुहुन्छ। त्यसो हो भने तपाईंको बैंक खातामा ५ लाख नगद चाहिने भएको छ। यस्तै वार्षिक आम्दानी १० लाख हुनुपर्नेछ। भिजिट भिसा दुरुपयोग गर्दै तस्करले श्रम गन्तव्य मुलुकमा पुर्या‍एका नेपाली कामदार अलपत्र परेपछि सरकारले थप कडाइ गर्न लागेको हो।भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न सरकारले गत माघ ११ गते कार्यदल बनाएको थियो। उक्त कार्यदलले बुधबार गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ।&nb

भिजिट भिसामा '४० वर्ष' नियमको विरोध गर्दै अध्यागमन विभाग बाहिर प्रदर्शन

काठमाडौं : पहिलो पटक भिजिट भिसा (पर्यटन भिसा)मा विदेश जना लागेका महिलाहरूका लागि अध्यागमन विभागले कडाइ गर्ने नियम ल्याउने तयारी गरेको छ। विभागले भिजिट भिसा सम्बन्धी नयाँ कार्यविधिलाई संशोधन गर्दै ४० वर्ष भन्दा कम उमेरका महिलाले भिजिट भिसामा पहिलोपटक विदेश जाँदा परिवार र वडाको सिफारिस लिनुपर्ने नियम ल्याउन आँटेको भन्दै…

विदेश जाने ४० वर्षभन्दा कम उमेरका महिलाले सिफारिस लिनुपर्ने कुरा उठ्यो कसरी?

काठमाडौं : पहिलो पटक भिजिट भिसा (पर्यटन भिसा)मा विदेश जना लागेका महिलाहरूका लागि अध्यागमन विभागले कडाइ गर्ने नियम ल्याउन लागेको छ। विभागले भिजिट भिसा सम्बन्धी नयाँ कार्यविधिलाई संशोधन गर्दै थप कडाइ गर्ने नियम ल्याउन लागेको हो। विभागले पठाएको कार्यविधि गृह मन्त्रालयको कानुन शाखामा पुगेको छ। गृह मन्त्रालयले विभागले गरेको संशोधनलाई स्वीकृत…