लकडाउन र खाद्य सामाग्रीको अभावको मौका पारि म्याद सकिएका सामाग्रीहरु विक्री गर्ने गरेको गुनासो बढेसँगै कनकाई नगरपालिकाले आफ्नो बजार क्षेत्रमा अनुगमन तीव्र पारेको छ ।
काभ्रेपलाञ्चोक । जिल्लाको धुलिखलस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले विभिन्न स्थानमा उत्पादन भई विक्री वितरण भएका खाद्यवस्तु न्यून गुणस्तर र दूषित भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।
कार्यालयद्वारा गत आर्थिक वर्ष २०७९/८० मा गरेको अनुगमन निरीक्षणका आधारमा सार्वजनिक वार्षिक प्रतिवेदनमा जिल्लाका विभिन्न स्थानका उद्योगबाट उत्पादित खाद्य सामग्री न्यून गुणस्तर भएको, दूषित देखिएको तथा अनुज्ञापत्रसमेत नलिइ उत्पादन तथा विक्री वितरण र उत्पादन गरेको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा केही उद्योगलाई काभ्रेपलाञ्चोकमा तथा केही उद्योगलाई सम्बन्धित जिल्लामा मुद्दाका लागि मिसिल पठाएको जनाइएको छ । कार्यालय प्रमुख मनिषा चापागाईंले विभिन्न स्थानमा गरिएको अनुगमन निरीक्षणका क्रममा काभ्रेपलाञ्चोकलगायत विभिन्न ६ जिल्लामा उत्पादित खाद्यसामग्री मापदण्डविपरीत रहेको पाइएपछि मुद्दा दायर गरिएको छ ।
प्रतिवेदनमा बनेपा नगरपालिका–८ स्थित शुभारम्भ डेरी एण्ड एग्रोभेट रिसर्च प्रालिले उत्पादन गरेको खाद्यवस्तु न्यून गुणस्तर रहेको पाइएको छ । साथै बटरफ्लाई फ्रुट क्यानिङ कम्पनी बत्तिसपुतली, काठमाडौंबाट उत्पादित ‘मिक्स पिकल’, तुलसीपुर दाङमा रहेको स्वर्गद्धारी वि कन्सर्न प्रालिद्वारा उत्पादित मह, ललितपुर ठेचेमा रहेको सगुन ओइल एण्ड घी प्याकिङ इण्ड्रस्ट्रिज प्रालिद्वारा उत्पादित तोरीको तेल पनि न्यून गुणस्तर भएको प्रमाणित भएसँगै सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरिएको जनाइएको छ ।
कार्यालयका अनुसार मनोहरा–१४ काठमाडौस्थित बद्रिनाथ घि प्याकिङ उद्योगबाट उत्पादित बेकरी सर्टेनिङ, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालि वीरगञ्जबाट उत्पादित वनस्पती घ्यू र पतञ्जली आयुर्वेद प्रालि बाराद्वारा उत्पादित मह न्यून गुणस्तरको पाइएपछि ती कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ ।
चापागाईंका अनुसार दाना पदार्थ, दुग्ध पदार्थ र होटल व्यवसायमा गरिएको अनुगमन र त्यहाँबाट सङ्कलित खाद्य सामग्रीको नमुनाका आधारमा जिल्ला बाहिरका ६ उद्योगबाट उत्पादित खाद्य सामग्री पनि मापदण्डविपरीत रहेको पुष्टि भएको हो । यस्तै गत आवमा ५४ किसिमका खाद्य वस्तु न्यून गुणस्तर तथा दूषित भएको प्रमाणित भएपछि जफत गरी नष्ट गरिएको छ ।
चापागाईंले वार्षिक समीक्षा कार्यक्रममा उक्त अवधिमा १३ उद्योगले अनुज्ञापत्र माग गरेको जानकारी दिए । अनुज्ञापत्रबिना सञ्चालन भएका केही उद्योगलाई कारबाही गरिएको उनले बताए ।
कारबाही गरिएकामा काभ्रेपलाञ्चोकको बनेपा–८ को शुभारम्भ डेरी एण्ड एग्रोभेट रिसर्च प्रालि, बनेपा–६ स्थित तिमल्सिना प्याकेजिङ एण्ड फुड प्रडक्स प्रालि, बनेपा–८ को चण्डेश्वरी स्पेसल ताजा गुदपाक भण्डार तथा गाईभैंसीको मास दानामा प्रयोग गरिने सामग्री र उत्पादित दाना दूषित भएकोमा बनेपा–८ का जेएम दाना उद्योग र बिना लेवल खाद्य पदार्थ विक्री गरेको अभियोगमा एभर फ्रेस बेकरीलगायत छन् । रासस
सिमकोट – सदरमुकामस्थित सिमकोट बजारमा उपभोगका लागि म्याद गुज्रेका खाद्य पदार्थ भेटिएको छ। बजार अनुगमनका क्रममा अधिकांश पसलमा रहेका दैनिक उपभोग्य सामग्री म्याद गुज्रेको भेटिएको हुँदा नष्ट गरिएको हो। उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयका प्रमुख अभय रेग्मीले बजार अनुगमनमा क्रममा म्याद गुज्रेका सामग्री भेटिएको र ती सामग्री नष्ट गरिएको जानकारी दिए। अनुगमनमा क्रममा २३ […]
ग्रामीण क्षेत्रका बजारबाट अयोग्य तथा म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरी र घरेलु तथा साना उद्योग कार्यालय सिरहाको पहलमा खटिएको संयुक्त अनुगमन टोलीले सिरहाको भगवानपुर र धनगढीमाई नगरपालिकाको धनगढी बजारबाट करिब रु ५० हजार मूल्य बराबरको म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको हो ।
काठमाडौँ,१२ असार । ग्रामीण क्षेत्रका बजारबाट अयोग्य तथा म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरी र घरेलु तथा साना उद्योग कार्यालय सिरहाको पहलमा खटिएको संयुक्त अनुगमन टोलीले सिरहाको भगवानपुर र धनगढीमाई नगरपालिकाको धनगढी बजारबाट करिब रु ५० हजार मूल्य बराबरको म्याद गुज्रेको खाद्य पदार्थ […]
ग्रामीण क्षेत्रका बजारबाट अयोग्य तथा म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरी र घरेलु तथा साना उद्योग कार्यालय सिरहाको पहलमा खटिएको संयुक्त अनुगमन टोलीले सिरहाको भगवानपुर र धनगढीमाई नगरपालिकाको धनगढी बजारबाट करिब रु ५० हजार मूल्य बराबरको म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको हो ।अनुगमनका क्रममा भगवानपुर बजारस्थित अमन किराना पसल, ज्योति गल्ला भण्डार, कृष्णा जेनरल फेन्सी स्टोर्सलगायत विभिन्न पसलबाट म्य
काठमाडौँ । काठमाडौँको कोलोपुलमा म्याद नाघेका खाद्य सामग्री जफत गरेर नष्ट गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खटिएका खाद्य निरीक्षक र प्रहरीको संयुक्त टोलीले कालोपुलस्थित मेडिलिज ट्रेडर्स एण्ड स्टोर्सबाट ठुलो परिमाणका खाद्य सामग्री नष्ट गरेको हो । विभागका अनुसार म्याद नाघेका बिस्कुट, चाउचाउ, चामल, दाल, पीठोलगायत ४५ वटा बस्तुहरू जफत गरी स्थानीय पदाधिकारी, […]
लकडाउन र खाद्य सामाग्रीको अभावको मौकामा म्याद सकिएका सामाग्रीहरु विक्री गर्ने गरेको गुनासो बढेसगै कनकाई नगरपालिकाले आफ्नो बजार क्षेत्रमा अनुगमन तीव्र पारेको छ ।
अनुगमन संयोजक कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईको नेतृत्वमा रहेको अनुगमन टोलीले लक्ष्मीपुर, दुर्गापुर, घैलाडुब्बा र सुरुङ्गा बजार क्षेत्रको अनुगमन गरि बजार क्षेत्रबाट म्याद सकिएका खाद्य सामाग्रीहरु आटा, तेल, बिस्कुट, पेय पदार्थ अचार, दाल लगायातका सामाग्रीहरु बरामद गरि प्रहरी र पत्रकारको उपस्थितिमा नष्ट गरेको छ ।
अनुगमन समिमितका कनकाई नगरपालिका
तम्घास, ८ जेठ: जिल्लाको मदाने गाउँपालिकाले म्याद नाघेका, दर्ता नभएका र अनुमतिबिना बिक्री वितरणका लागि राखिएका खाद्य सामग्री नष्ट गरेको छ । गाउँपालिकाका कर्मचारी र इलाका प्रहरी चौकी पुर्कोट दहले शुक्रबार अनुगमनका क्रममा फेला पारेका सामग्री बरामद गरी नष्ट गरेको हो । जनप्रतिनिधि एवम सरोकारवालाको रोहवरमा सामग्री नष्ट गरिएको हो । व्यापारीले म्याद नाघेका सामग्री […]