डोल्पामा पर्खाल भत्किँदा मजदुरको मृत्यु

१९ असार, डोल्पा । डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-३ मा पर्खाल भत्केर एक मजदुरको मृत्यु भएको छ । स्थानीय टसी तुण्डुप गुरूङको घरको कोठाको पर्खाल वर्षाका कारण भत्किँदा घरमा मजदुरी गर्ने जाजरकोट नलगाड नगरपालिका-७ घर भएका ३१ वर्षीय भरत बिकको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । पर्खाल भत्किएर भरतको मृत्यु भएको […]

सम्बन्धित सामग्री

इँटा उद्योगको पर्खाल भत्किँदा सिरहामा मजदुरको मृत्यु, दुई जना घाइते

इँटा उद्योगको पर्खाल भत्किँदा च्यापिएर सिरहामा शुक्रबार एक महिला मजदुरको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

स्याङ्जामा एक जना मजदुरको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा पर्खाल भत्किंदा एक जना मजदुरको मृत्यु भएको छ । साेही नगरपालिका–८ काे डुम्रिकोट–मिर्दी सडक खण्डमा काम गर्ने क्रममा शुक्रबार पर्खाल भत्किंदा धादिङको बेनीघाट–९ का ३० वर्षीय उमेश चेपाङको मृत्यु भएको हो । सडकको नालीमा सोलिङ गर्ने क्रममा कुनामा रहेको पर्खाल भत्किंदा चेपाङ गम्भीर घाइते भएका थिए । चेपाङको उपचारका क्रममा […]

पर्खालले थिच्दा मजदुरको मृत्यु

स्याङ्जा : वालिङमा पर्खालले थिच्दा एक मजदुरको मृत्यु भएको छ। शुक्रबार वालिङ नगरपालिका–८ डुम्रिकोटस्थित डुम्रिकोट–मिर्दी सडकखण्डमा काम गर्ने क्रममा पर्खालले थिच्दा धादिङको बेनीघाट–९ का ३० वर्षीय उमेश चेपाङको मृत्यु भएको हो। वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक विनोद सुवेदीका अनुसार सडकको नालीमा सोलिङ गर्ने क्रममा कुनामा रहेको पर्खाल भत्किँदा चेपाङ गम्भीर घाइते भएका थिए। उपचारका क्रममा वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उनको मृत्यु भएको हो।

वालिङमा पर्खालले थिचेर मजदुरको मृत्यु

स्याङ्जाको वालिङमा आज पर्खालले थिचिँदा एक मजदुरको मृत्यु भएको छ । वालिङ नगरपालिका–८ डुम्रिकोटस्थित डुम्रिकोट–मिर्दी सडकखण्डमा काम गर्ने क्रममा पर्खालले थिचिादा धादिङको बेनीघाट–९ का ३० वर्षीय उमेश चेपाङको मृत्यु भएको हो । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक बिनोद सुवेदीका अनुसार सडकको नालीमा सोलिङ गर्ने क्रममा कुनामा रहेको पर्खाल भत्किँदा गम्भीर घाइते चेपाङको उपचारका क्रममा वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा मृत्यु भएको हो ।

जग्गा प्लटिङको पर्खाल लगाउँदा ढिस्कोले पुरिएर दुईजनाको मृत्यु

भक्तपुर : चाँगुनारायण नगरपालिका–९ ताथलीमा भिरालो जग्गामा चम्पा कुस्माले गरेको प्लटिङमा पर्खाल लगाउने क्रममा झरेको ढिस्कोले पुरेर दुई मजदुरको मृत्यु भएको छ।मृत्यु हुनेमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँ पालिका–३ घरभई भक्तपुर बस्ने ५० वर्षीय वर्षमान तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ घरभई भक्तपुर बस्ने ३२ वर्षीय चतुरमान तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।चम्पा भन्नेको जग्गा प्लानिङ हो भन्ने सुन्नमा आए पनि खासमा

ईंटा उद्योगमा पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, दुईजना घाइते

२६ पुस, जनकपुरधाम । सप्तरीको एक इँटा उद्योगमा पर्खाल भत्किँदा एकना मजदुरको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । रुपनी गाउँपालिका-६ तेरहौतास्थित विशाल इँटा उद्योगमा काँचो इँटा पकाउनका लागि चाङ लगाउने क्रममा सोमबार पर्खाल भत्किएको प्रहरीले जनाएको छ । पर्खाल भत्किँदा रुपनी गाउँपालिका-६ बस्ने ५० वर्षीया जतरीदेवी सरदारको च्यापिएर मृत्यु भएको छ । […]

इँटा भट्टाको पर्खाल खस्दा एक मजदूरको मृत्यु, दुई घाइते

सप्तरी– सप्तरीको रुपनीस्थित विशाल इँटा भट्टाको पर्खाल खसेर एक जना मजदुरको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा इँटा भट्टामा कार्यरत सप्तरीको जगमोहनकी ४७ वर्षीया जतरीदेवी सदा रहेकी छन्। गम्भीर घाइते भएकी सदाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काप्लेले जानकारी दिएका छन्। […]

घरको पर्खालले किचेर मजदुरको मृत्यु

मोरङको बेलबारी नगरपालिका–१ पुरानो बेलबारीमा घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको मृत्यु भएको छ । ऋषि साहको घरको पर्खाल भत्काउने क्रममा एक जनाको मृत्यु भएको हो । सुन्दरहरैचा नगरपालिका–१ का ४५ वर्षीय अशोक खवासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  घर भत्काउने क्रममा अचानक घरको पर्खालले किचिएर घाइते भएका खवासको उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लग्ने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

घरको पर्खाल भत्काउँदा च्यापिएर मजदुरको मृत्यु

मोरङको बेलबारी नगरपालिका–१ पुरानो बेलबारीमा घर भत्काउने क्रममा घरको पर्खालले च्यापिएर १ जनाको मृत्यु भएको छ । स्थानीय ऋषि साहको घरको पर्खाल भत्काउने क्रममा १ जनाको मृत्यु भएको हो । सुन्दरहरैचा नगरपालिका–१ का ४५ वर्षीय अशोक खवासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घर भत्काउने क्रममा अचानक घरको पर्खालले किचिएर घाइते भएका खवासको उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए ।

विद्यालयको पर्खाल भत्किँदा मजदुरको मृत्यु

पर्वत : पुरानो भएको विद्यालयको भवन भत्काउँदै गरेको बेला पोखरामा एक मजदुरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार भारत घर भई पोखरामा रहेर मजदुरी गर्दै आएको २० वर्षीय रितेश रामको मृत्यु भएको हो।सोमबार दिउँसो रितेशले पोखरा महानगरपालिका–१३ बाँझापाटनमा रहेको बालकल्याण माध्यमिक विद्यालयको पुरानो भएको पर्खाल भत्काइरहेका थिए। पर्खाल निकै पुरानो भएका कारण एक ठाउँबाट भत्काउँदा धेरै भाग भत्किएको हो।भत्किएको पर्खालमा परी घाइते भएका रितेशल