मोरङको बेलबारी नगरपालिका–१ पुरानो बेलबारीमा घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको मृत्यु भएको छ । ऋषि साहको घरको पर्खाल भत्काउने क्रममा एक जनाको मृत्यु भएको हो । सुन्दरहरैचा नगरपालिका–१ का ४५ वर्षीय अशोक खवासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घर भत्काउने क्रममा अचानक घरको पर्खालले किचिएर घाइते भएका खवासको उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लग्ने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।