काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसल्ला असार २८ गते आउने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शोर जबराले सोमबार मुद्दा हेर्दाहेर्दैमा राखेर २८ गते फैसला सुनाउने जानकारी दिएका हुन्। असार ९ गतेदेखि निरन्तर सुनुवाई शुरु भएको ११ औं दिनसम्म निरन्तर बहस भएको थियो। बहस सोमबार सकिएको हो। निवेदकका तर्फबाट जवाफ दिएसँगै एमिकस क्युरीले राय दिएका थिए।