काठमाडौँ महानगर : स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी, काँग्रेस-एमाले असफल

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन शाह विजयी भएका छन् । मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् । अब काठमाडौँ महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने हालसम्म काठमाडौँ महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गणना भएको छ । साहको एमालेबाट […]

सम्बन्धित सामग्री

काठमाडौँ महानगर अपडेट : बालेनले ल्याए ३९,५१५ मत, स्थापित तेस्रोमा

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकाको मतगणना जारी छ । अहिलेसम्म एक लाख १० हजार ५३३ मतगणना गरिएको छ । पछिल्लो गणनाअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साह ३९ हजार ५१५ मत प्राप्त गरी अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेकी नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २२ हजार २७० मत पाएकी छन् । नेकपा (एमाले)का […]

काठमाडौँ महानगर अपडेट : बालेनलाई १० हजार मतको अग्रता

काठमाडौँ । काठमाडौँ महानगरमा ५८ हजार ७६ मतगणना भएको छ । प्राप्त नतिजा अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले २२ हजार मत कटाएका छन् । उनले २२ हजार १८९ मत पाएका छन् । प्रतिस्पर्धी एमाले उम्मेदवार केशव स्थापितले भने आधा कम मत पाएका छन् । स्थापितले ११ हजार ६७१ मत पाएका छन् । काँग्रेस उम्मेदवार सिर्जना […]

काठमाडौँ महानगर अपडेट : बालेन १० हजारभन्दा बढी मत अन्तरले अगाडि

काठमाडौँ । स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौँ महानगर प्रमुखमा १० हजारभन्दा बढी मत अन्तरले अग्रता लिइरहेका छन् । आज (बिहीबार) बिहान ९ बजेको विवरण अनुसार साहले २१ हजार ६२२ मतसहित अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले ११ हजार ३६ मतसहित पछ्याइरहेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी सिर्जना सिंहले १० हजार २६७ मत […]

काठमाडौँ महानगर अपडेट : ३०,९८१ मतगणना, बालेनभन्दा स्थापित धेरै पछाडि

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ३० हजार ९८१ मतगणना गरिएको छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ११ हजार ७९२ मत पाएका छन् । नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ६ हजार ४७६ मत ल्याएका छन् । यस्तै, सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार […]

काठमाडौँ महानगर अपडेट : २८,४०० मतगणना , बालेनको अग्रता बढ्दो

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मतगणना जारी छ । आज दिउँसो २ बजेसम्मको मतगणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता निरन्तर बढ्दो क्रममा छ । हालसम्म २८ हजार ४०० मतगणना भइसकेको छ । जसमध्ये साहले ११ हजार ४३४ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ६ हजार २५८ मत पाएका छन् । […]

काठमाडौँ महानगर : बालेन झन्डै दोब्बर र डङ्गोलको तेब्बर मतको अग्रता

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म २४ हजार बढी मतगणना भइसकेको छ । ताजा मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले १० हजार २ सय ४१ मतसहित अग्रता कायमै गरेका छन् । नेकपा (एमाले)का उम्मेदवार केशव स्थापित बालेन भन्दा झन्डै आधा मतले पछाडि छन् । उनले पाँच हजार ४५३ मत पाएका छन् […]

काठमाडौँ महानगर अपडेट : बालेनले कटाए ७,५०० मत

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा १८ हजार मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै गरेका छन् । बालेनले अहिलेसम्म सात हजार ५३४ मत प्राप्त गरेका छन् । यसैगरी, एमालेका केशव स्थापितको तीन हजार ९८२ मत पाएका छन् भने काँग्रेसकी सिर्जना सिंहले तीन हजार ४८६ मत प्राप्त गरेकी छन् ।

काठमाडौँ महानगर : बालेनको दोब्बर मतको अग्रता कायमै

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मतगणना जारी छ । सुरुआतीदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को अग्रता कायमै छ । गणना गरिएको मध्ये बालेन एमालेका केशव स्थापित भन्दा दोब्बर मतले अगाडी छन् । पछिल्लो मत विवरण अनुसार बालेनले ६४८६ मत ल्याउँदा एमालेका केशव स्थापित ३४१३ मतमा खुम्चिएका छन् भने काङ्ग्रेसकी सिर्जना सिंह तेस्रोमा छिन् ।

काठमाडौँ महानगर अपडेट : बालेनको अग्रता बढ्दो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रतालाई बढाएका छन् । पछिल्लो मत परिणामअनुसार बालेनले तीन हजार ५३२ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा नेकपा (एमाले)का उम्मेदवार केशव स्थापित छन् । उनले एक हजार ८५६ मत पाएका छन् । नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले एक हजार ६६८ मत ल्याएकी छन् […]

काठमाडौँ महानगर अपडेट : स्थापितको भन्दा बालेनको धेरै मत, सिर्जना सिंह पछाडि

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता देखिएको छ । वडा नम्बर १, ३२, २, र ३ को मतगणना हुँदा बालेनले ३६३ मत पाएका छन् । काँग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई पछि छोडेर अघि लागेका एमालेका केशव स्थापितले ३१५ मत ल्याएका छन् । काँग्रेसकी सिंहको भने २०८ मत छ ।