पाँच वर्षअघि मंगलसेन नगरपालिकाले वडा १३ मा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा ७० वर्षीया लक्षु थापाले स्वास्थ्य परीक्षण गराउँदा पाठेघर खसेको देखियो । नौ सन्तानलाई जन्म दिएकी उनका ३ सन्तान गर्भमै खेर गए । स्वास्थ्यको ख्याल नै नगरी दर्जन पटक गर्भधारण गरेको उनको शरीर बुढ्यौली लागेसँगै थला परेको छ ।