कोरोना सङ्क्रमण भएर एकान्तबासमा रहेकै बेला माघ ५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पाँचतारे होटल अलफ्टमा चिनियाँ लगानी रहेको कम्पनीलाई क्यासिनो सञ्चालन निम्ति पूर्वस्वीकृति दिए । पूर्वस्वीकृति दिएको आठ दिनपछि अर्थात् माघ १३ गते पर्यटन विभागले सो कम्पनीलाई क्यासिनो सञ्चालन गर्न अन्तिम स्वीकृति दियो । मन्त्री भएयता आलेले विभिन्न ६ कम्पनीलाई क्यासिनो सञ्चालन अनुमति दिइसकेका छन् । रकम लिँदै लाइसेन्स बाँड्दै गरेको आरोप मन्त्री आलेले खेपिरहेका छन् । पूर्ववर्ती सरकारमा