लमजुङ–विगतमा लमजुङमा गाउँ/टोल बजारमा लाखे नाच्ने चलन थियो । लाखे नाच हेर्नेको पनि घुइँचो लाग्दथ्यो ।
बीचका केही वर्ष कोरोना लगायतका विविध कारणले पहाडी जिल्ला लमजुङमा लाखे नाच गाउँ, टोल बजारमा देखाइएन ।
स्थानीयहरु भने आशा गरेअनुसार नयाँ पुस्ताको चासो र चिन्ताको अभावमा यो मौलिक संस्कृति हराउँदै जान थालेको हो कि ! भन्नेमा चिन्तित थिए । तर यो मौलिक संस्कृतिको थप उजागर र संरक्षणमा अहिले लमजुङका नेवार समुदायका युवा लागि परेका छन् ।
नेवार समुदायको मौलिक परम्परा हो,...