काठमाडौं : सरकारले भिजिट भिसामा खाडीका देश तथा मलेसिया जान वार्षिक ६ लाख रूपैयाँ आम्दानी र ३ लाख रूपैयाँ खातामा देखाउनुपर्ने प्रावधान लागू गरेको छ।पछिल्लो समय भिजिट भिसामा विदेशमा गई अलपत्र पर्ने नेपालीको संख्या बढेसँगै यो नियम लागू गरिएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मलेसिया, खाडीका इराक, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, ओमान, कुवेत, कतार र बहराइन तथा खाडी नजिकका देश साइप्रस, इजिप्ट, इरान, इजरायल, जोर्डन, लेबनान, प्यालेस्टाइन, सिरिया, टर्की जानेहरूका