बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमार मोक्तानले समाजमा महिला हिंसाको घटना अझै पनि कायम रहेको बताएकी छिन् ।बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार आयोजना गरेको ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले पितृसत्तात्मक सोच र महिला मैत्री संरचना अभावका कारण समाजका महिला हिंसाका घटना कायम नै रहेको बताइन् ।उनले आम नागरिकहरुको मानसपटलमा पितृसत्तात्मक सोचले