काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रूपमा नरहेको टिप्पणी गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेकाे दाबीसमेत गर्नुभयो ।आज बिहीवार काठमाण्डाैमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले एमालेको क्रान्तिकारी नै भुत्तै भएकाले आफूहरूले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको तर्कसमेत गर्नुभयो । अध्यक्ष नेपालले एमालेमा केही गरौँ भन्ने भावनासमेत नरहेको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘त्...