१५ असोज, काठमाडौं । नेपाल विद्यार्थी संघले डेंगु नियन्त्रणका लागि गम्भीर बन्न आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ ज्ञापनपत्र बुझाएको छ । शनिबार मन्त्री निवासमा पुगेर नेविसंघको टोलीले नागरिकको स्वास्थ्यप्रति सरकारले चासो र चिन्ता लिनुपर्ने बताए । उनीहरुले पारासिटामोलको उचित व्यवस्थापन गर्न, अस्पतालमा पर्याप्त शय्या उपलब्ध गराउन, डेंगु रोगको निशुल्क उपचार गर्न, डेंगु परीक्षणको […]