प्रहरी र प्रशासनकै सेटिङमा सीमा नाकाबाट खुलेआम तस्करी

सिराहा– भारतीय बजारसँगै जोडिएको हुनाले सिराहाका सीमानाकाहरूबाट पछिल्लो समय तस्करी निकै मौलाउँदै गएको छ । जिल्लास्थितका सीमानाकामा तैनाथ गरिएका सशस्त्र प्रहरी बल, सीमा सुरक्षामा खटाइएको प्रहरी र प्रशासनहरूकै सेटिङमा तस्करी बढिरहेको छ । पूर्वीनाकाहरू ठाडी, झाझपट्टी, बरहरी, वरियारपटी, औरही र खैरटोका (माडर)मा गरि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र भन्सारका कर्मचारीहरूकै आर्थिक सेटिङमा तस्करहरूले चौबिसैघण्टा […]

सम्बन्धित सामग्री

चुनाव हुनुभन्दा ७२ घण्टाअघि नेपाल-भारत सीमा नाका सिल गर्ने सहमति

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको छ ।  भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रुद्रपुरमा बिहिबार सम्पन्न नेपाल–भारत संयुक्त बैठकले यस्तो निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए । कैलाली–कञ्चनपुरका प्रशासन तथा सुरक्षा निकायका प्रमुख र भारतीय अधिकारीहरू बीच छलफल भएको थियो । उनका अनुसार बैठकमा सीमा नाकामा हुने आपराधिक गतिविधि हुन नदिन आ–आफ्नो क्षेत्रमा सुरक्षा निगरानी बढाउने सहमति भएको छ । “बैठकमा निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि सीमा नाका सिल गर्ने सहमति भएको छ”, उनले भने, “निर्वाचन प्रभावित हुने गतिविधि हुन नदिन सीमा नाकामा सुरक्षा निगरानी बढाउने समझदारी भएको छ ।” उनले पश्चिमी सीमा नाका गड्डाचौकीमा नेपालीहरूमाथि दुव्र्यवहार हुने गुनासो आएकाले यस विषयमा पनि भारतीय सुरक्षा अधिकारीसमक्ष नाकामा मैत्रीपूर्ण व्यवहारको वातावरण बनाउन आग्रह गरिएको बताए । “नाकामा हुने काठ तस्करी, चोरी निकासी र आपराधिक गतिविधि नियन्त्रण गर्ने कुरामा एकआपसमा सहयोग गर्ने कुरामा पनि बैठकमा सहमति भएको छ”, उनले भने, “हुलाकी राजमार्ग निर्माणमा पनि अवरोध आएकाले सम्बन्धित स्थानीय अधिकारीहरूले स्थलगत अवलोकन गरेर सहजीकरण गर्ने विषयमा छलफल भएको छ ।”संयुक्त बैठकमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी अर्याल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, कैलाली कञ्चनपुरका प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू, राष्ट्रिय अनुसन्धानका अधिकारीहरू, कञ्चनपुर भन्सार कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख, महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका निर्देशक, नापी तथा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखलगायतको सहभागिता थियो । भारतीयपक्षबाट उद्धमसिंहनगर उत्तराखण्डका डीएम युगल किशोर पन्त, भारतीय सीमा सुरक्षा बल (एसएसबी) का ५७ बटालियन सीतारगञ्जका प्रमुख अनिल कुमार, उद्धमसिंहनगरका प्रहरी प्रमुख एसएसपी मञ्जुनाथ टीसीलगायतका अधिकारीहरूको सहभागिता थियो । स्थानीयस्तरका समस्या समाधान र अपराध नियन्त्रणका लागि हरेक तीन÷तीन महिनामा नेपाल–भारत संयुक्त बैठक हुँदै आएको छ ।

निषेधाज्ञाकै बीच भारतबाट प्रतिबन्धित पंगास माछाको भुरा तस्करी

झापा : नेपालमा प्रतिबन्धित पंगास माछाको भुरा तस्करी माध्यमबाट भित्रिने क्रम अझै रोकिएको छैन। झापा र इलामका विभिन्न स्थानीय तहका माछा पोखरीमा माग बढ्दो रहेकोले सीमा नाका सिल र निषेधाज्ञामा पनि तस्कर समूहले अवैध रूपमा पंगास माछाको भुरा भित्र्याइरहेका छन्।यसैक्रममा सशस्त्र प्रहरीले बुधबार बिहान ४ बजे दुई क्विन्टल पंगास माछाको भुरासहित एउटा पीकअप गाडी नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरबाट खटिएका सशस्त्रको टोलीले विशेष सूचनाको आधारमा बुधवार बिहान ४ बजे मेच

रोकिएन तस्करी, सशस्त्र प्रहरीमाथि छानविन गर्न निर्देशन

भद्रपुर : सीमा नाका सिल भएको अवस्थामा पनि झापाको भद्रपुर नाकाबाट सशस्त्र प्रहरीकै सेटिङमा तस्करी भइरहेको घटना बाहिरिएपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीले यसतर्फ चासो देखाएको छ। ‘सशस्त्र प्रहरीकै सेटिङमा तस्करी १ नेपाल प्रहरीद्वारा बरामद’ भन्ने शीर्षकमा बिहीबार थाहा खबरमा समाचार प्रकाश...

सीमा नाकाबाट पौने दुई करोड मुल्यको अवैध सामान बरामद - Naya Patrika

जिल्ला प्रहरी कार्यालय सुनसरीले सीमा नाका क्षेत्रमा चोरी तस्करी गरि ल्याएका सामान बरामदबाट गत साउनदेखि हालसम्म २ करोड ७८ लाख ३८ हजार ८ सय ८ रुपैया राजस्व संकलन भएको छ...पूरा पढ्नुहोस् »