काठमाडौं । कोका–कोला मोमोत्सवको आठौं संस्करण सम्पन्न भएको छ । ‘कोक+मोमोको स्टोरीज: म्याजिकल मोमोरिज’ ट्यागलाइनका साथ कोका–कोलाले ८ वर्षदेखि म:म उत्सव आयोजना गर्दै आएको छ । यस वर्ष मोमोत्सव फेस्ट पोखरा, धरान, काठमाडौं, भरतपुर र भक्तपुरमा आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा कुटुम्ब, स्वप्नसुमन, तृष्णा गुरुङ जस्ता लोकप्रिय ब्यान्ड तथा कलाकारको सांगीतिक प्रस्तुति रहेको थियो । फेब्रुअरी १५ देखि शुरू भएको यस अभियानमार्फत कोका–कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट र भोजनालयसँग सहकार्य गर्दै छूट मूल्यमा विशेष कम्बो अफर प्रदान गरेको बताइएको छ । कोका–कोला नेपालका देशीय निर्देशक आदर्श अवस्थीले कोका–कोला मोमोत्सव वर्षेनि आउने चाडजस्तै भइसकेको बताए । मोमोत्सवको लोकप्रियताका कारण काठमाडौंमा मात्र सीमित नभएर यसपालि अन्य मुख्य शहरसम्म पुगेको उनको भनाइ छ ।