बलात्कार विरुद्धको जाहेरी प्रहरी वृत गौशालाले दर्ता गर्न अस्वीकार गरेको छ । २०७९ वैशाख २२ मा बलात्कार भएको सूचना पाएपछि वृत गौशालाबाट खटिएको प्रहरीले चावहिलबाट ७५ वर्षका आरोपी वासुदेव अर्याललाई पक्राउ गरेर लगेको थियो ।आरोपी र पीडितको बीचमा जग्गा लेनदेनको विवाद देखिएपछि मिलापत्र प्रयास गरेर वृतको महिला सेलका अधिकारीले ‘विवाद मिलाउनु’ भनेर छाडेका थिए ।६४ वर्षीया पीडित महिला र उनका आफन्तले पटक–पटक जाहेरी दर्ता गर्ने प्रयास गरेपनि प्रहरी वृत गौशालाको मुद्दा शाखाका अधिकारीहरुले &lsq