फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ७.१४ प्रतिशत पुगेको छ । गत वर्षको फागुनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मूल्य वृद्धिदर ४.११ प्रतिशत विन्दुले बढी हो । गत आर्थिक वर्षको फागुनमा मूल्य वृद्धिदर ३.०३ प्रतिशत रहेको थियो । फागुनको मूल्य वृद्धिदर चालु आर्थिक वर्षका लागि सरकारले तय गरेको वार्षिक लक्ष्यभन्दा बढी हो । बजेट र माैद्रिक नीतिमा चालु आर्थिक वर्षमा मूल्य वृद्धि दर ६.५ प्रतिशतको सीमाभित्रै कायम गर्ने लक्ष्य राखिएको थियो ।