काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले 'बी' डिभिजनमा रहेको नयाँ बस्ती युवा क्लबलाई तीन लाख रुपैयाँ जरिबाना गरेको छ । सातदोबाटोमा रहेकाे एन्फा मुख्यालयमा एन्फा लिग कमिटीको बैठकले 'बी' डिभिजन लिग खेलमा अनुशासनहीन काम गरेको भन्दै नयाँ बस्तीलाई जरिबाना गरिएको हो । शहीद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत गएकाे चैत २६ गते भएको खेलमा नयाँ बस्ती युवा क्लब मध्यपुर युथ एसाेसिएशनसँग तीन–एक गोल अन्तरले पराजित भएपछि क्लबले अभद्र व्यवहार गरेका कारण एन्फाले कारबाही ग...