कोरोना रोकथामका लागि सीसीएमीका १३ निर्णय

काठमाडौं । आइतवार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले कोरोना संक्रमण रोकथामका लागि विभिन्न १३ निर्णय गरेको छ । केन्द्रका सहसचिव एवम् प्रवक्ता सुनिता नेपालका अनुसार बैठकले कोरोनाको रोकथाम, नियन्त्रण र उपचार थप प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिश गरेको छ । बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने गरी आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई सिफारिश गरेको छ । सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थिति हुने गरी प्रशासनिक, सामाजिक हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन भनिएको छ । अर्को सूचना नभएसम्मका लागि सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनेगरी मेला, भेला तथा महोत्सव आयोजना नगर्न/नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालयमार्फत लेखी पठाउने निर्णय भएको छ ।      सार्वजनिक स्थानहरू (कार्यालय, होटेल, रेष्टुराँ, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि)मा प्रवेश गर्दा अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड साथमा राख्ने र ती निकायले खोप कार्ड हेरेर मात्र प्रवेशको व्यवस्था मिलाउने गरी आगामी माघ ७ गतेदेखि लागू गर्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गरिएको छ । यस्तै, माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएको छ । नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने र त्यस्तो परीक्षणबाट सकारात्मक देखिएकालाई तत्काल संस्थागत आइसोलेशनमा राख्न सम्बन्धित जिल्लास्थित समन्वय गर्ने र विगतमा भएको अभ्यासअनुरूप भुक्तानी गर्ने स्रोत सुनिश्चितताका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने भएको छ । यस्तै, सार्वजनिक स्थानहरूमा नि:शुल्क एन्टिजेन टेस्ट बुथहरु स्थापना गर्ने र नियमित खोप केन्द्रमा खोपलाई अभियानको रूपमा अगाडि बढाइनेछ । विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर वार्षिक परीक्षाहरू जनस्वास्थ्यका मापदण्ड पालना हुने गरी जेड आकारमा बसाइँ व्यवस्था गरी सञ्चालन गर्ने, परीक्षा केन्द्रमा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न भनिएको छ । भौतिक दूरीको प्रावधान कडाइका साथ परिपालना गर्ने व्यवस्था मिलाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिश गरिएको छ । यसैगरी आन्तरिक हवाई उडानमा अनिवार्य रूपमा खोप कार्ड बोक्नुपर्ने व्यवस्था गर्न लागिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक तथा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको भीडभाड कम हुनेगरी उडान तालिका मिलाइने भएको छ । आगामी माघ ७ गतेपछि आन्तरिक उडानमा खोप कार्ड हुने यात्रुलाई मात्रै बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्नेछ ।      पूर्ण मात्रा खोप लगाएको र बोर्डिङ पास जारी हुनुभन्दा ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको यात्रुलाई विदेशबाट नेपाल प्रवेशका लागि सम्बन्धित वायु सेवाले बोर्डिङ पास जारी गर्नेछ । कोरोनाका नयाँ ओमिक्रोन भेरियन्टको पहिलो पटक संक्रमण पहिचान भएका दक्षिण अफ्रिाकालगायत नौ देशबाट नेपाल आउने वा ती मुलुकहरूमा ट्रान्जिट बनाई नेपाल यात्रा गर्ने नेपाली नागरिक, कूटनीतिज्ञ तथा आधिकारिक राहदानीवाहक वा आवासीय प्रवेशाज्ञा प्राप्त यात्रुलाई मात्रै क्वारेन्टिन तथा आइसोलेशनको व्यवस्था लागू हुनेछ । अध्यागमन विभागले ट्राभल एड्भाइजरी सूचना जारी गर्दा गृह मन्त्रालय, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गर्नुपर्नेछ । त्यस्तो सूचनामा जारी भएको निश्चित मिति, समय र अवधिपछि मात्र लागू गर्ने व्यवस्था मिलाइएको छ । कोभिड–१९ संक्रमणको स्थानीय अवस्था हेरेर जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि, २०७८ र एकीकृत कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना, २०७८ कार्यान्वयन थप प्रभावकारी बनाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमार्फत निर्देशित गरिनेछ । यस्तै, ओमिक्रोन लगायत भेरियन्टको प्रभाव र ध्यान दिनुपर्ने विषयमा स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिहरूमार्फत नागरिकस्तरमा सकारात्मक सूचना जानकारी उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले थप पहल गर्ने बैठकले निर्णय गरेको छ । रासस

सम्बन्धित सामग्री

मन्त्रिपरिषद्का यी हुन् १८ निर्णय

काठमाडौँ : मन्त्रिपरिषद्को हिजो मंगलबारको बैठकले विभिन्न १८ निर्णय गरेको छ । आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त निर्णय सार्वजनिक गरेकी छिन् ।यी हुन् १८ निर्णय

यी हुन मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ– सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पूर्व मुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय भएको बताएका छन् ।  देशको आर्थिक अवस्था र खर्चको बहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र […]

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, के–के भए निर्णय ?

सरकारले सबैको लागि दिगो खानेपानी तथा सरसफाई सस्टेन्बल वास फर अल आयोजनाको लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो १०.५ मिलियन करिव १ अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ सोमवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका हुन् । उनले सरकारले गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनको लागि स्वीट्जरल्याण्डबाट प्राप्त हुन

जसपाले केन्द्रको निर्णय नमान्ने, निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम

नेपालगञ्ज – जनता समाजवादी पार्टी (जसपा) बाँकेले केन्द्रले गरेको गठबन्धनको निर्णय नमान्ने भन्दै उक्त निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएको छ। आधा दर्जन केन्द्रीय सदस्यको उपस्थितिमा बिहीबार नेपालगञ्जमा बसेको जिल्ला कमिटीकाे बैठकले उक्त निर्णय गरेको हो। केन्द्रीय निर्णय अनुसार, नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसलाई मेयर र जसपालाई उपमेयर दिने गरी गठबन्धन गरिएको छ। यस्तो निर्णय बाहिर […]

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक, के–के भए निर्णय ?

सरकारले आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी दोस्रो संशोधन मापदण्ड–२०७८ स्वीकृत गर्ने निर्णय गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले शुक्रबार जानकारी दिए । यस्तै बैठकले अरुण ३ जलविद्युत परियोजनाका लागि चाहिने जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय गरेको छ।   यस्तै विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालका सहभागिताका लागि अर्थमन्त्रीको ने

मन्त्रिपरिषदले गरेका यी निर्णय

काठमाडौं, २२ पौष । मन्त्रिपरिषदले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । २१ पौषमा बसेको मन्त्रिपरिषदको निर्णय बिहिबार सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्णयबारे जानकारी दिएका हुन् । कृष्णबहादुर राउतलाई सचिवमा बढुवाको निर्णय पनि गरेको छ । निजगढको कोहल्वी तेत्तिस केभी सबस्टेशन निर्माणका लागि २ बिघा जग्गा […]

मुख्यमन्त्री राईको पहिलो निर्णय : भीम आचार्यको निर्णय खारेज

१६ कात्तिक, विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद बैठकले भीम आचार्य नेतृत्वको अघिल्लो सरकारले गरेको सबै निर्णय, नियुक्ति र सरुवा पुनरावलोकन र खारेज गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले एमाले नेतृत्वको अघिल्लो सरकार असंवैधानिक भन्दै उसले गरेका निर्णय एकमुस्ट खारेजीको प्रक्रिया अघि बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए […]

लुम्बिनी प्रदेश : अदालतको निर्णय कुर्ने एमालेको निर्णय

२७ साउन, बुटवल । लुम्बिनी प्रदेश सभा, एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतको निर्णयका आधारमा कसरी अघि बढ्ने भन्ने निर्णय गर्ने बताएको छ । सरकारका प्रवक्ता बैजनाथ चौधरीले अदालतको निर्णय पर्खिने र त्यसै अनुसार के गर्ने भन्ने निर्णय हुने बताए । मुख्यमन्त्रीको राजीनामाबारे बैठकमा कुरा नउठेको प्रवक्ता चौधरीले दावी गरे । मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वास प्रस्ताव […]

दुई दिनमै उल्टियो निर्णय, सिन्धुपाल्चोकका सबै विद्यालय बन्द गर्ने निर्णय

सिन्धुपाल्चोक : बैशाख मसान्तपछि वार्षिक परीक्षा सकेर विद्यालय गर्ने जिल्ला कोभिड १९ विपद् व्यवस्थापन समितिको निर्णय दुई दिनमै उल्टिएको छ। जिल्लामा कोरोना दिनप्रतिदिन फैलिँदै गएपछि बुधबार बसेको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल लगायतलाई कोरोना संक्रमण भएपछि विद्यालय खोल्ने निर्णय उल्टाइएको हो। आज बसेको बैठकले बिहीबारदेखि गर्ने भनिएको सबै तहको परीक्षासमेत स्थगित गरेको छ। सिन्धुपाल्चोकमा वार्षिक परीक्षा सकेर मात्रै वैशाख मसा