सुनसरी – सुनसरीमा नेकपा एमालेले विजय जुलुस निकाल्ने क्रममा दुई पक्षबीच झडप भएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीको विजयी र्यालीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।
दुहबी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षको घर नजिक विजय र्यालीमा अबिर लगाउने क्रममा कांग्रेसका कार्यकर्तालाई लागेर विवाद हुँदा झडप भएको सुनसरी प्रहरीले जनाएको छ । झडपका क्रममा दुई पक्षकै गरेर १२ जनाभन्दा बढी घाइते भएका छन् ।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले ज...
इटहरी । सुनसरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएकाे छ। सुनसरीको क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेद्वार भगवती चौधरीको जितसँगै विजय जुलुसमा निस्किएका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हाे ।
दुहवी वडा नं. ९ छातावेलीमा बुधबार दिउँसो नेकपा एमालेले विजय जुलुस निकालेकाे थियाे । साे...
रुपन्देही । नेकपा एमालेबाट टिकट नपाएपछि पार्टी छाडेर माओवादीको कोटामा गठबन्धनको उम्मेदवार बन्न पुगेका नेता घनश्याम भुसाल रुपन्देही १ मा पराजित भएका छन् । गठबन्धनको साझा उम्मेदवार बनेका भुसालको पराजय निश्चित भइसकेको छ भने मतगणना नसिकिँदै एमालेका कार्यकर्ताले विजय जुलुस निकाली सकेका छन् । सो क्षेत्रमा एमालेबाट लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका पार्टी सचिव छविलाल […]
काठमाडौं । रामेछापको मन्थली नगरपालिका- ९ मा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । हिजो साँझ एमालेको विजय जुलुस सकिएपछि कार्यकर्ता घर फर्किने क्रममा कांग्रेस कार्यकताले विवाद गर्न थालेपछि झडप भएको बताइएको छ । पुरानागउँमा चुनाव हारेपछि नेपाली कांग्रेका वडाध्यक्षका उम्मेदवार बुद्धिबहादुर पुलामी (भरत) र उनका कार्यकर्ताले एमाले कार्यकर्तामाथि आक्रमण गरेका हुन् । आक्रमणबाट […]
बझाङ – बझाङको थलारा गाउँपालिका वडा नम्बर ९ मा विजय जुलुस मनाउने क्रममा ढुङ्गामुढा प्रहार हुँदा आठ जना घाइते भएका छन् ।
थलारा गाउँपालिकाको वडा नम्बर ९ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीले जितेपछि विजय जुलुस मनाउने क्रममा एमालेका कार्यकर्ताले ढुङ्गामुढा गरेका थिए । ढुङ्गामुढा गर्दा एकीकृत समाजवादीका आठ जना घाइते भएका हुन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घटनास्थल वरिपरिको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
थलाराको वडा नम्बर ९ मा एकीकृत समाजवादीका लोकेन्द्रबहादुर विष्ट...
बर्दिया— गुलरिया नगरपालिका ४ का अजमेर अली नाउ एमालेबाट खुल्ला सदस्य पदमा निर्वाचित भएको घोषणापछि उनका समर्थकले खुसियाली मनाउँदै र्याली निकाले। विजय जुलुस निकालेको ४ घण्टापछि उनी पराजित भएको सूचना निर्वाचन कार्यालयले सार्वजनिक गर्दा एमाले समर्थक आक्रोशित भएका छन्। उनको ठाउँमा कांग्रेसका इस्राइल नाउलाई निर्वाचित गराइएपछि आफ्नो बेइज्जती भएको ठहर अजमेरले गरेका छन्। यसबारे छलफल […]
झापा, २३ असार । झापाको भद्रपुर नगरपालिकामा एमालेको विजयी उत्सवमा निस्केको सवारी दुर्घटना हुँदा २४ जना एमाले कार्यकर्ता घाइते भएका छन् । केहीबेर अघि दुर्घटना भएको हो । दुर्घटनामा घाइते २४ ...