रासायनिक मलको समस्या समाधानका लागि मल कारखाना आवश्यक : कृषिमन्त्री यादव
विश्वबजारमा रासायनिक मलको मूल्य झनै बढ्दै गएका कारण नेपालमा त्यसको प्रभाव परिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले बताएका छन् ।
विराटनगर। मोरङको धनपालथान गाउँपालिका–३ डकुवाडाँगामा १० करोड रुपैयाँ लगानीमा बायोग्यास तथा प्रांगारिक मलको व्यावसायिक उत्पादन शुरू गरिएको छ । जीवन विकास समाजले १० बिगा क्षेत्रफलमा उक्त कारखाना सञ्चालनमा ल्याएको हो ।
समाजका संस्थापक अध्यक्ष एवं मोरङ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य (प्रतिनिधिसभा कृषि समितिका सदस्य समेत रहेका) योगेन्द्र मण्डल र कोशी प्रदेशसभा सदस्य गयानन्द मण्डलले आइतवार ग्यास तथा मल उद्योगको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । प्रांगारिक मलको उत्पादनले रासायनिक मल आयातमा कमी आउने विश्वास गरिएको छ ।
उद्योगबाट प्रांगारिक मलको उत्पादनसँगै रासायनिक मल आयात प्रतिस्थापन गर्ने अभियानको शुरुआत भएको घोषणा समेत गरिएको छ । उद्योगबाट दैनिक आठ टनसम्म प्रांगारिक मल उत्पादन हुने जानकारी दिइएको छ । त्यसैगरी दैनिक १५० सिलिन्डर बायोग्यास उत्पादनको क्षमता रहेको बताइएको छ ।
उद्योगको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य मण्डलले नेपालमा रासायनिक मलको अभाव र छिटो उत्पादनका नाममा कतिपय बालीमा यसको अत्यधिक प्रयोग दुवैले कृषि उत्पादनमा दीर्घकालीन असर परेको बताए । यसले माटोको उर्वराशक्ति नष्ट हुँदै गएको उनको भनाइ छ । उद्योग स्थापनाले नेपाली किसानले भोग्दै आएको रासायनिक मलको समस्या समाधानमा थोरै मात्रामा भए पनि सघाउ पुग्ने उनले बताए ।
‘यो वर्ष नेपाललाई आठ लाख मेट्रिक टन रासायनिक मल चाहिन्छ, चार लाख टन बाहिरबाट ल्याउँदा ३३ अर्ब रुपैयाँ खर्च भइसक्यो,’ उनले भने, ‘यसको दीर्घकालीन समाधान खोजिएन भोलि गम्भीर समस्या आउन सक्छ ।’ किसानले अब युरिया, डीएपी जस्ता रासायनिक मलको विकल्पको रूपमा प्रांगारिक मल प्रयोग बढाउँदै जानुपर्ने उनले बताए ।
कोशी प्रदेश सांसद मण्डलले राज्यले किसानलाई प्रांगारिक मलको प्रयोगमा सहयोग गर्नुपर्ने बताए । रासायनिक मलको प्रयोग घटाउन प्रांगारिक मल प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए । उद्योगलाई बायोग्यासभन्दा मल उत्पादनमा केन्द्रित गरिएको उद्योगका प्रमुख उपेन्द्रकुमार मण्डलले बताए । उनका अनुसार ४० टन कच्चा पदार्थको प्रयोगबाट ८ टन प्रांगारिक मल र १५० सिलिन्डर बायोग्यास उत्पादन गर्न सकिन्छ ।
उद्योगले तीन हजार घनमिटरको डाइजेष्ट प्लान्ट निर्माण गरेको छ । त्यसैबाट प्रांगारिक मलसँगै बायोग्यास पनि उत्पादन भइरहेको छ । त्यसरी उत्पादन भएको बायोग्यास विराटनगरका दुई डेरीले प्रयोग गर्दै आएको बताइएको छ ।
मण्डलका अनुसार हाल दैनिक ६ किलोका दरका ३० सिलिन्डर ग्यास उत्पादन हुने गरेको छ । खुद कार्बन उत्सर्जन कम गर्ने अभियान अन्तर्गत उत्पादन शुरू गरेको बायोग्यास एलपी ग्यासभन्दा सस्तो रहेको दाबी उद्योगको छ । जीवन विकास डेरी उद्योगका प्रमुख विजय मण्डलले बायोग्यासको प्रयोगले उत्पादन लागत कम गरेको जानकारी दिए ।
काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापनाको चर्चा चलेको दशकभन्दा बढी समय बितिसक्दा पनि उक्त योजना बहसबाट माथि उठ्न सकेको छैन । रासायनिक मल अभावको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने एक्लो उपायका रूपमा सांसददेखि राष्ट्रपतिसम्मले संसद्मा पटकपटक बहसका रूपमा उठाएको मुद्दाको कार्यान्वयन पक्ष भने हालसम्म ओझेलमै रहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को शुक्रवार बसेको संयुक्त बैठकलाई सम्बोधन गर्दै नेपालमै आगामी ५ वर्षभित्र गुणस्तरीय रासायनिक मल उत्पादन गर्ने कारखाना सञ्चालन गर्ने गरी समयबद्ध शुरुआत गर्न सुझाव दिनुभयो । सरकारले मल कारखाना स्थापना गर्ने कार्यक्रम सधैं बनाइरहने तर यसले सार्थकता कहिल्यै नपाएको गुनासो गर्दै यस्तो स्थितिको तत्काल अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो । यसअघि पनि संघीय संसद्मा सांसदहरूले अनेकौं पटक मल कारखानाको विषयमा बहस गरिसके पनि कार्यान्वयनतर्फ काम भएको छैन ।
१० वर्षदेखि खुबै चर्चा पाएको तर कार्यान्वयन नभएको मल कारखाना स्थापनाका लागि लगानी बोर्डले सम्भाव्यता अध्ययन गर्न सन् २०१५ को डिसेम्बरमा भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेशन (आइडेक) सँग सम्झौता गरेको थियो । सम्झौताअनुसार सोही कम्पनीको मातहतमा रहेको साह कन्सल्ट इन्टरनेशनल प्रालि नेपाल र इन्स्टिच्युट अफ एग्रिकल्चर टेक्नोलोजिस्टको संयुक्त टोलीले विस्तृत सम्भाव्यता अध्ययन गरेर ढल्केवर र बर्दघाटमा करीब ७५ अर्ब ५८ करोड रुपैयाँ लगानीमा कारखाना खोल्न सकिने निष्कर्षसहितको प्रतिवेदन २०१६ को अन्त्यमा बोर्डलाई बुझाएको थियो । रासायनिक मल कारखानाको योजना बहसभन्दा माथि उठ्न नसकेको मलखाद व्यवसायी संघ नेपालका केन्द्रीय अध्यक्ष चन्द्रकान्त डल्लाकोटीले बताए । उनका अनुसार नेपालमा नाइट्रोजनमा आधारित कारखानाभन्दा पनि निजीक्षेत्रसँगको सहकार्यमा फोस्फेट ब्लेन्डिङमा आधारित कारखाना खोल्न सहज हुने देखिन्छ । ‘नाइट्रोजन बेसको कारखाना स्थापना गर्दा युरिया मलमात्रै उत्पादन हुन्छ । फोस्फेट ब्लेन्डिङ बेसको कारखानाबाट बालीनालीलाई चाहिने अन्य तत्त्व पनि आवश्यकताअनुसार मात्रा मिलाएर उत्पादन गर्न सकिन्छ,’ डल्लाकोटीले भने ।
‘यस्तो कारखाना स्थापनाका लागि लगानी पनि कम लाग्ने हुन्छ भने सिजनअनुसारका बालीका लागि आवश्यक पर्ने न्युट्रिसन पनि त्यहीअनुसार मिलाएर उत्पादन गर्न सकिन्छ । त्यसैले नेपालको सन्दर्भमा फोस्फेट ब्लेन्डिङ कारखाना उपयुक्त हुने देखिन्छ ।’
भारतमा यस्ता कारखाना ३० ओटाभन्दा बढी छन् । पाकिस्तान र बंगलादेशले पनि यस्ता कारखाना खेलेका छन् । जानकारका अनुसार नाइट्रोजन बेसको कारखानामा ठूलो मात्रामा प्राकृतिक ग्यास र ऊर्जा खपत हुने भएकाले नेपालका सन्दर्भमा यस्तो कारखाना अलि असम्भव देखिन्छ ।
कृषि सामग्री कम्पनी लिमिटेडका खरीद महाशाखा प्रमुख राजेन्द्रबहादुर कार्की पनि रासायनिक मलको समस्या दीर्घकालीन रूपमा समाधान गर्न मल कारखाना नै उत्तम विकल्प रहेको बताउँछन् । नाइट्रोजन बेसको काराखानाभन्दा फोस्फेट ब्लेन्डिङ कारखाना नै नेपालका लागि उत्तम हुनेमा उनी पनि सहमत छन् । सरकारले लामो समयदेखि मल कारखानाको विषयमा बहस गरे पनि फोस्फेट ब्लेन्डिङ कारखानाबारे अझसम्म बहस नहुनु दुःखद भएको उनले बताए । अर्बौं रकम खर्च गरेर बन्ने कारखानाको बहस चलाउनु मात्रै ठूलो कुरा नभएकाले चाँडो सम्भव हुने योजनातर्फ बहस केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।
मलमा परनिर्भरता तोड्न मल कारखाना आवश्यक भए पनि सरकारले त्यसका लागि सुरसार नगर्नुमा मल आयात गर्दा हुने कमिशनको चक्कर प्रमुख कारणको रूपमा रहेको बताइन्छ । नेपालले कृषिक्षेत्रको कुल बजेटको आधाभन्दा बढी रासायनिक मल खरीदमै खर्च हुन्छ । तर पनि समयमा मल आयात गर्न नसक्दा हरेक वर्ष बाली लगाउने मौसममा किसानले मलको चरम अभाव भोग्दै आएका छन् ।
लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेदवार शिवप्रसाद हुमागाईँले रासायनिक मलको समस्या समाधानको लागि आफूले पहल गरिरहेको बताएका छन् । गठबन्धनले मण्डनदेउपुरको जोगिटारमा भएको कोण सभालाई सम्बोधन गर्दै हुमागाईँले यो मौसममा रासायनिक मल कम खपत हुने हिमाली जिल्लामा मौज्दात रहेको मल ल्याएर काभ्रे जिल्लामा मलको समस्या समाधान गर्ने बताए ।‘एमालेले अघिल्लो चुनावमा नै रासायनिक मल कारखाना बनाउने प्रतिबद्धता जनाएको थियो, तर पुरा गरेन,’ उनले भने, ‘म कारखाना न