हाम्रो लोकतन्त्र अचम्मको छ, वस्तुको आयातमा मख्ख छ, आयातबाट कमाइएको भन्सार राजस्वमा व्यस्त छ । हाम्रो लोकतन्त्र कहिले अदालतलाई गिजोल्छ त कहिले केन्द्रीय बैंक, मानौँ राजनीति नलागेको कुनै संयन्त्र नै छैन, राम्रो मान्छे होइन, सबैतिर हाम्रो मान्छे चाहिएको छ । सिरिया, अफगानिस्तान, युक्रेन, श्रीलंकाको उदाहरण हेर्न भ्याउँदैन । हाम्रो लोकतन्त्रले न यहाँको गरिबी हेर्न भ्याउँछ, […]