सरकारले प्रेस काउन्सिललाई विस्थापन गर्न तथा मिडिया र पत्रकारहरूलाई जिम्मेवार, मर्यादित र जिम्मेवार बनाउन भन्दै ल्याएको मिडिया काउन्सिल विधेयकमा कुनै पनि सञ्चारमाध्यमले आचारसंहिता विपरीत समाचार प्रकाशित गरे २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्ने व्यवस्था अघि सारेको छ । उक्त विधेयक जस्ताको तस्तै पारित भए र कसैको मर्यादा वा प्रतिष्ठामा आँच आउने गरी समाचार प्रकाशन, प्रसारण गरेको भन्दै उजुरी परेर जाँचबुझमा दोषी पाइए उक्त जरिवाना तिर्नुपर्ने छ । ‘काउन्सिलबाट जारी भएको आचारसंहिता विपरीत