प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा रहेका देउवा पहिलोदिनमै भाजपाको हेड अफिसमा

भारतको तीन दिने औपचारिक भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा) को मुख्य कार्यलय पुगेका छन्। नेपालको प्रधानमन्त्रीका हैसियतमा भारत भ्रमणमा गएका देउवाले भारत पुगे लगत्तै पहिलोदिन मै भाजपा को मुख्य कार्यलय पुगेका हुन्। दिल्लीको ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेपछि प्रधानमन्त्री देउवा चाणक्यपुरीस्थित होटल आईटीसी मौर्यमा पुगेका थिए। प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भेट गरेका थिए। त्यसपछि देउवा पण्डित दिनदयाल उपाध्याय मार्गमा रहेको भाजपा पार्टी कार्यालयमा गएका हुन्। त्यहाँ प्रधानमन्त्री देउवालाई भाजपा अध्यक्ष जेपी नड्डाले स्वागत गरे ।    नेपालबाट प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा गएका प्रधानमन्त्री देउवाले भारतको एउटा अमुक पार्टीको कार्यलयमा जानु यस क्षेत्रका जानकारहरुले कुटनीतिक मर्यादाविपरित भएको बताएका छन्। यस अगाडी प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणको क्रममा जाने कुनै पनि प्रधानमन्त्रीले होस् वा नेपाल भ्रमणमा आउने भारतका प्रधानमन्त्री होस्, यसरी कोहि पनि एउटा अमुक पार्टीको कार्यलय नपुगेको जानकारहरुको भनाई छ।  प्रधानमन्त्री नभई पार्टी सभापतिको हैसियतले भारत भ्रमणको लागि गएको भए यसरी एउटा पार्टी कार्यलय पुग्नुलाई अन्यथा मान्न नमिल्ने तर अहिले पनि यो सामान्य नभएको उनीहरुको भनाई छ। प्रधानमन्त्री देउवा चार जना मन्त्री र विभिन्न मन्त्रालयका सचिव, सल्लाहकार तथा व्यवसायीहरु सहितको ५० जनाको टोलि लिएर तीन दिने भारत भ्रमणको लागि आज भारत गएका हुन। 

सम्बन्धित सामग्री

भारत भ्रमणमा रहेका प्रचण्डले आज उच्चस्तरीय भेटवार्ता गर्ने

भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्।...

प्रचण्डसँग को–को जाँदैछन् भारत भ्रमणमा ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो एक बजे भारत भारत भ्रमणका लागि नयाँदिल्ली जाँदैछन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी अड्डाको निमन्त्रणामा प्रचण्ड दिल्ली जान लागेका हुन् ।भारत भ्रमणमा अध्यक्ष प्रचण्डसहित तीनजना मात्रै जाने प्रचण्डको सचिवालयले जनाएको छ । जसमा अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्ल, स्वकीय सचिव एवम् छोरी गंगा दाहाल मात्रै जाने भएका हुन् । प्रचण्ड साउन एक गते स्वदेश फर्किने कार्यतालिका छ ।

प्रचण्ड भोली भारत भ्रमणमा जाने

काठमाडौं, असार ३० । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड भारत भ्रमणमा जान लागेका हुन् । प्रचण्ड शुक्रबार दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । भाजपा अध्यक्ष नड्डाले […]

प्रधानमन्त्रीसँगै चार मन्त्री पनि भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने औपचारिक भ्रमणका लागि भोलि बिहीबार भारत जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीको भारत भ्रमणमा चार मन्त्री पनि सहभागी हुने भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले चार मन्त्री पनि भारत भ्रमणमा जाने निर्णय गरेको हो । प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री […]

प्रधानमन्त्री देउवाको भारत भ्रमणमा ४ मन्त्री सहभागी हुने

१७ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सहभागी हुने मन्त्रीहरूको टुंगो लागेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमणमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको हो । भ्रमणमा प्रधानमन्त्रीसहित परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री सहभागी हुने भएका छन् । प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदैछन् । भ्रमणका क्रममा शनिबार भारतीय प्रधानमन्त्री नरेन्द् मोदीसँग भेटवार्ता […]

प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने

प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते भारत भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेको जानकारी दिएको हो।...

प्रधानमन्त्री देउवा अर्को हप्ता भारत भ्रमणमा जाने

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने हुनु भएको छ । पाँचौँ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवा पहिलो औपचारिक भ्रमणमा भारत जान लाग्नु भएको हो । उहाँ आउँदो १८ गते भारत जाने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा तीन  दिने औपचारिक भ्रमणमा जान लाग्नु भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण भएको एक हप्ताभित्रै देउवा भारत जान लाग्नु भएको हो । यसअघि देउवाको भारत भ्रमण रद्द भएको थियो । गएको पुसमा भाइब्रेन्ट गुजरात स...

प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण जाने भएका छन्। पाँचौपटक प्रधानमन्त्री भएपछि देउवा पहिलोपटक भारत भ्रमणमा जाने भएका हुन्। यही चैतभित्र प्रधानमन्त्रीको औपचारिक भ्रमण हुने प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। उनले भने, ‘प्रधानमन्त्री भ्रमणमा जाने निश्चित भएको छ। तर मिति तय भइसकेको छैन। मितिका बारेमा छलफल भइरहेको छ।’ यसअिघ भाइब्रेन्ट गुजरात […]

इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउने

एएनआई, ८ चैत । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेट आगामी महिना भारत भ्रमणमा आउने भएको छ । उनी आगामी अप्रिल ३ देखि भ्रमणमा आउनु हुने निश्चित भएको अधिकारीहरुले मङ्गलवार जानकारी दिएका छन् । गत बर्ष प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले पहिलो पटक भारतको भ्रमण गर्न लागेका हुन् । भारत र इजरायलका बीचमा कुटनीतिक सम्वन्ध स्थापना भएको ३० […]

प्रधानसेनापति शर्मा भारत भ्रमणमा जाने

प्रधानसेनापति महारथी प्रभुराम शर्माले यही कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणमा जाने भएका छन्।...