काठमाडौं : काठमाडौं जिल्लाभित्रका अनधिकृत व्यापार गर्ने १३ पसललाई १ लाख १० हजार जरिवाना गराइएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत सरोकारवाला निकायले बजार अनुगमन गरी जरिवाना तिराएका हुन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालका अनुसार खाद्यान्न, लत्ता कपडा, तरकारी लगायतका २५ वटा पसलमा बजार अनुगमन गरिएको थियो।अनुगमनका क्रममा १३ वटा पसलले म्याद गुज्रेका वस्तु विक्री वितरण,कानुनी प्रक