अमेरिकाको मेरिल्यान्ड राज्यको विधान सभाले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गरेको छ । मेरिल्यान्ड राज्यको विधानसभाको तर्फबाट सांसद ह्यारी भण्डारीले उक्त सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।श्रेष्ठले नेपाल र विश्वभर छरिएर रहेका सबै नेपालीहरूलाई कलाकारिताको माध्यमबाट जनचेतना फैलाउन, सरकार तथा जिम्मेवार निकायलाई जनताको हित र पक्षका कुराहरू पुर्याउन अतुलनीय भूमिका निर्वाह गरेकोमा उनलाई सम्मान गरिएको भण्डारीले बताए ।उनलाई कलात्मक उत्कृष्टता र उपलब्धि मार्फत विश्वव्यापी नेपाली डायस्पोरालाई