एमाले केन्द्रीय कार्यालय सचिव अधिकारीले गरे पदभार ग्रहण

काठमाडौं : नेकपा (एमाले) का केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले पदभार ग्रहण गरेका छन्। शुक्रबार केन्द्रीय कार्यालय थापाथलीमा अधिकारीले पदभार ग्रहण गरेका हुन्। उनलाई महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य तथा निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङ लगायतले स्वागत गरेका छन्। 

सम्बन्धित सामग्री

अधिकारीले सम्हाले एमाले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा. भीष्म अधिकारीले पदभार ग्रहण गरेका छन् । उनलाई शुक्रबार महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव कमरेड शेरबहादुर तामाङलगायतले स्वागत गरेका थिए । एमालेको हालै बसको केन्द्रीय कमिटी बैठकले अधिकारीलाई कार्यालय सचिवको जिम्मेवारी दिएको थियो । यसअघि शेरबहादुर तामाङ कार्यालय सचिव थिए ।

एमाले कार्यालय सचिवको जिम्मेवारी अधिकारीलाई

काठमाडौँ- नेकपा (एमाले) केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले पदभार ग्रहण गरेका छन् । डा.अधिकारीलाई महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङलगायतले स्वागत गरेका छन् । तामाङ स्थायी कमिटी सदस्यमा मनोनित भएपछि अधिकारी कार्यालय सचिव बनेका हुन् ।

एमाले केन्द्रीय कार्यालय सचिव अधिकारीद्वारा पदभार ग्रहण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा. भीष्म अधिकारीले पदभार ग्रहण गरेका छन् । उनलाई आज (शुक्रबार) महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव कमरेड शेरबहादुर तामाङलगायतले स्वागत गरेका थिए । एमालेको हालै बसको केन्द्रीय कमिटी बैठकले अधिकारीलाई कार्यालय सचिवको जिम्मेवारी दिएको थियो । यसअघि शेरबहादुर तामाङ कार्यालय सचिव थिए ।

शेरबहादुर तामाङले सम्हाले एमाले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी

नेकपा एमाले पार्टी केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी केन्द्रीय सदस्य शेरबहादुर तामाङले सम्हालेका छन् । थापाथलीस्थित पार्टी कार्यालयमा आइतवार आयोजित कार्यक्रममा तामाङले पदभार ग्रहण गरेका हुन् । शुक्रवार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले तामाङलाई पार्टी कार्यालय सचिवको जिम्मेवारी तोकेको थियो । &lsquo...

एमाले केन्द्रीय कार्यालय चुस्त बनाइने

नेकपा (एमाले) केन्द्रीय कार्यालय सञ्चालनलाई चुस्त र दुरुस्त बनाइएको भएको छ । केन्द्रीय कार्यालय सचिवमा नवनियुक्त शेरबहादुर तामाङले  सो पार्टीको केन्द्रीय कार्यालय थापाथलीमा आज पदभार ग्रहण गर्दै उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । तामाङलाई पार्टीका महासचिव ईश्वर पोखरेलले स्वागत गर्दै पदबहाली गराएका थिए । यही वैशाख १० गते सम्पन्न एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले तामाङलाई सो जिम्मेवारी दिएको थियो । नेता तामाङले पार्टीका नेता र कार्यकर्ताबीचको अन्तरसम्बन्धलाई थप बलियो बनाइने प्रतिबद्धता पनि व्यक्त गरे ।

शेरबहादुर तामाङले गरे एमाले केन्द्रीय कार्यालय सचिवको पदभार ग्रहण

काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर तामाङले केन्द्रीय कार्यालय सचिवको पदभार ग्रहण गरेका छन्। बागमती प्रदेशको सह-इन्चार्ज रहेका नेता तामाङले आज औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहणपछि सामाजिक सञ्जालमा लेखेका छन्, "कार्यालय सञ्चालनलाई थप चुस्त दुरुस्त बनाउने, पार्टीको नेता र कार्यकर्ताबीचको अन्तरसम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दछु। साथै, मलाई यो जिम्मेवारी प्रदान गरेकोमा पार्टी नेतृत्वलाई धन्यवाद।"