चैत २५, काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले एक सुचना जारी गर्दै डिजिटल केवाईसी बिवरण राख्ने सिस्टम निर्माण को प्रक्रिया अगाडि बढाएको छ । यस अघि प्राधिकरणले गरेको अनुगमनमा एउटा व्याक्तीको नाममा अर्को व्याक्तीले सिमकार्ड चलाएको तर नागरिकता एउटाको फोटो अर्को व्यक्तीको भएको पाईएको थियो।
यस्तै समस्या दोहोरीन नदिन दूरसञ्चार सेवा प्रदायकले दिने सेवाका लागि आवश्यक केवाईसी (नो योर कस्टमर) लाई डिजिटाइज्ड गर्ने योजनाका साथ प्राधिकरणले यो प्रक्रिया अघि बढाएको हो ।
यसका लागि प्राधिकरणले नयाँ सिस्टम निर्माण, जडान तथा प्रयोग गर्ने भन्दै बोलपत्र आव्हान समेत गरी सकेको छ प्रधिकरणले जारी गरेको सूचनामा यस्तो प्रणाली विकास तथा निर्माण गरी जडान गरिदिने कम्पनीले सेवा प्रदायक अनुसार छुट्टाछुट्टै रजिस्टर सिस्टम निमार्ण गर्नुपर्ने छ । सिस्टमले सिमकार्ड सब्स्क्राइबर, पुनः दर्ता, सिम परिवर्तन, स्वामित्व परिवर्तन, थप सिमकार्ड रजिस्ट्रेसन लगायतका जानकारी समेत सपोर्ट गर्ने हुनुपर्ने छ ।
यो योजना निर्माणका लागि प्राधिकरणले गत आव मा ४० करोड बजेट छुट्याएको थियो। सोहि योजना अनुसार बायोमेट्रिकमा आधारित केन्द्रीकृत केवाईसी सिस्टम निमार्ण गर्न लागिएको हो । जसमार्फत सिम दर्ता तथा त्यसको प्रमाणीकरणको काम गरिने छ ।
यस्तो प्रविधि जडान गर्दा सिमकार्ड खरिद गर्दा प्रयोगकर्ताले भोग्ने कागजी झन्झटलाई कम हुने तथा सेवा प्रदायकलाई समेत सहज हुने प्राधिकरणको बुझाई छ। यो सिस्टम लागु भएमा सिमकार्ड खरिद गर्न हराएको सिमकार्ड लिन लगायतका काम गर्न सक्कली प्रमाणपत्र जस्तै नागरिकता लगायतका कागजात बोक्नु पर्ने छैन ।
प्राधिकरणले निर्माण गरि सञ्चालनमा ल्याउने यो प्रणालीमा सेवाप्रदायकको सिस्टमलाई अनिवार्य रुपमा जडिने हुँदा सेवा प्रदायकका जानकारी सिस्टमार्फत सोझै प्राधिकरणलाई गराउने छन् ।
ग्राहकले एकपटक आफ्नो केवाईसी भेरिफाई गरेपछि फेरी नागरिकता, फोटो बोकेर केवाईसी भरिराख्नु पर्नेछैन । राष्ट्रिय परिचयपत्रसँग जोड्ने गरी यो सिस्टम विकास गरिने भएकोले ग्राहकले राष्ट्रिय परिचयपत्र नम्बर बुझाएको भरमा कुनै पनि सेवा लिन सक्नेछन ।
प्राधिकरणको माग अनुसार सिस्टम उपलब्ध गराउन चाहाने कम्पनीले यही अप्रिल २२ तारिखसम्म आवदेन दिन सक्नेछन् ।