जनगणना २०७८ : नेपालको जनसंख्या तीन करोड पुगेको प्रारम्भिक अनुमान

'यसपालिको जनगणनामा २ करोड ८० लाखदेखि ३ करोडसम्मको जनसंख्या हुने अनुमान गरिएको छ,' तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले भने ।

सम्बन्धित सामग्री

जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक गर्दै प्रधानमन्त्री दाहाल (फोटोफिचर)

काठमाडौं, १० चैत्र । राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा शुक्रबार सार्वजनिक गरिएको छ। सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन्। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार […]

नेपालकाे जनसंख्या सन्तुलित नभएकाेप्रति प्रधानमन्त्री दाहालकाे चिन्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जनसंख्या सन्तुलित नभएको बताउनुभएकाे छ। शुक्रबार बिहान राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । कम उमेरको संख्या घट्दै गएको र बढी उमेरकाे जनसंख्या बढ्दै गएको देखिएकाले नेपालको जनसंख्या सन्तुलित नभएको उहाँकाे भनाइ थियाे । उहाँले यो चिन्ताको विषय रहेको समेत बताउनुभयाे। तथ्यांकले सुशासन, […]

नेपालको जनसंख्या : २ करोड ९१ लाख ९२ हजार ४८०

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार यो संख्या १० वर्षअगाडि गरिएको गणनाभन्दा २६ लाख ९७ हजार ९ सय ७६ ले बढी हो । १० वर्षअघि २०६८ सालमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । केन्द्रीय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको तथ्यांकअनुसार १० वर्षको सरदर जनसंख्या वृद्धिदर वार्षिक शून्य दशमलव ९३ प्रतिशत देखिएको छ । १० वर्षअघि गरिएको जनगणनामा यस्तो वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो । १९८७ सालपछि जनसंख्याको वृद्धिदर घटेर १ प्रतिशतभन्दा कम भएको यो पहिलोपटक हो । १९७८ र १९८८ सालमा भने जनसंख्याको वार्षिक वृद्धिदर नै नकारात्मक भएको थियो । २०२८ देखि २०६८ सालसम्म हरेक वर्ष औसतमा जनसंख्याको वार्षिक वृद्धिदर २ प्रतिशतभन्दा धेरै रहेको देखिन्छ । अहिले गरिएको जनगणनाअनुसार कुल जनसंख्यामा १ करोड ४९ लाख १ हजार १६९ जना महिला र १ करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष रहेका छन् । प्रतिशतका आधारमा अंश महिलाको ५१ दशमलव शून्य ४ र पुरुषको ४८ दशमलव ९६ प्रतिशत रहेको छ । २०६८ सालको जनगणनामा पुरुष ४८ दशमलव ५ र महिलाको अंश ५१ दशमलव ५ प्रतिशत थियो । प्रारम्भिक नतिजाअनुसार नेपालमा अक्सर बसोवास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ रहेको छ । ती परिवार ५६ लाख ४३ हजार ९ सय ४५ ओटा घरमा बसेका देखिएको विभागले जानकारी दिएको छ । हालको परिवार संख्या १० वर्षअघिको भन्दा करीब २४ दशमलव ५७ प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा जम्मा १३ लाख ३३ हजार ७ सय ५७ ओटा परिवार थप भएको छ । ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा २० लाख १७ हजार रहेको छ । सबै भन्दा कम जनसंख्या मनाङमा ५ हजार ६४५ रहेको प्रारम्भिक गणना विभागले सार्वजनिक गरेको छ । ३२ ओटा जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ । नेपालको कुल जनसंख्यामध्ये प्रदेशगत आधारमा मधेश प्रदेशमा सबैभन्दा धेरै ६१ लाख २६ हजार २ सय ८८ रहेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८ सय ८९ जना रहेको छ । लैंगिक अनुपातमा सबैभन्दा धेरै मधेश प्रदेशमा १ सय १ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९० प्रतिशत रहेको छ । वार्षिक जनसंख्या वृद्धिदर सातओटा प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा प्रतिवर्ष १ दशमलव २५ र सबैभन्दा कम गण्डकी प्रदेशमा शून्य दशमलव ३० प्रतिशत रहेको विभागले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ नेपालको बाह्रौं र विसं २०७२ मा जारी भएको नेपालको संविधानपछिको पहिलो जनगणना हो । जनगणना पहिलो चरणमा गत भदौ ३० देखि असोज १८ सम्म र दोस्रो चरणको कात्तिक २५ देखि २०७८ मङ्सिर ९ सम्म गरिएको थियो ।

तथ्यांक चित्रमा नेपाल : जनगणनाको प्रारम्भिक विवरण हेर्नुस् इन्फोग्राफमा

काठमाडौँ: नेपालको जनसंख्या दश वर्षअघिको भन्दा १० प्रतिशतले बढेको छ। राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा अनुसार दश वर्षमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४  बाट बढेर २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। दश वर्षअघि (२०६८ साल) को तुलनामा हालको जनसंख्या १०.१८ प्रतिशत अर्थात् २६…

जनगणनामा समेटियो लिपुलेक-कालापानी-लिम्पियाधुराको जनसंख्या

राष्ट्रिय जनगणना २०७८ मा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराको जनसंख्या पनि समेटिएको छ ।  केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनसंख्या २ करोड ९१ लाखभित्र सो भेगको जनसंख्यासमेत समेटिएको बताए । विस्तृत विवरण भने आउन बाँकी छ ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

काठमाडौं – केन्द्रीय तथ्यांक विभागले गत मंसिरमा गरेको १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । जसअनुसार नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० कायम भएको छ । यो संख्यामा महिला संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष संख्या १ करोड ४२ लाख ९१ हजार ३११ […]

जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रराम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो ।विभागका अनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ । विभागका अनुसार अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको छ ।  यसपटकको जानसंख्या  वृद्धिदर ०.९३ प्रतिशत रहेको छ । अघिल्लो पटकको जनसंख्या वृद्धिदर एक प्रतिशतभन्दा बढी थियो । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ । ६८ सालमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो ।   १० वर्षमा अवधिमा नेपालको जनसंख्या १० प्रतिशत अर्थात् २७ लाखले बढेको छ ।

तीन करोडको हाराहारीमा जनसंख्या, पूर्ण विवरण १ वर्षपछि आउने

काठमाडौं, मंसिर ११। जनगणना २०७८ को पूर्ण विवरण आउँदा नेपालको जनसंख्या २ करोड ८५ लाखदेखि ३ करोडको हाराहारीमा पुग्ने देखिएको छ । नेपालमा ६८ देखि ७० लाख घरपरिवार रहेको र प्रतिघरमा औसत रूपमा करिब चार दशमलव एक जना रहेको तथ्यांकको आधारमा जनगणना–२०७८ बाट नेपालको जनसंख्या करिब ३ करोडको हाराहारीमा पुग्ने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको […]

जनगणना सम्पन्नः ३ करोडको हाराहारीमा जनसंख्या

काठमाडौं । जनगणना २०७८ को पूर्ण विवरण आउँदा नेपालको जनसंख्या २ करोड ८५ लाखदेखि ३ करोडको हाराहारीमा पुग्ने देखिएको छ । नेपालमा ६८ देखि ७० लाख घरपरिवार रहेको र प्रतिघरमा औसत रूपमा करिब चार दशमलव एक जना रहेको तथ्यांकको आधारमा जनगणना–२०७८ बाट नेपालको जनसंख्या करिब ३ करोडको हाराहारीमा पुग्ने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको हो […] The post जनगणना सम्पन्नः ३ करोडको हाराहारीमा जनसंख्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

जनसंख्या ३ करोड ननाघ्ने

काठमाडौं, कार्तिक २६ । देशमा बिहीबार राष्ट्रिय जनगणना–२०७८ सुरु भएको छ। नेपालको जनसंख्या यसअघि प्रक्षेपण गरेभन्दा केही कम हुने आकलन केन्द्रीय तथ्यांक विभागले गरेको छ। राष्ट्रिय जनगणना २०७८ बारे बुधबार जानकारी दिँदै विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जन्मदर घटेकाले जनसंख्या पनि प्रक्षेपण गरेभन्दा कम हुने अनुमान गरिएको बताएका छन्।विगतको जनसंख्या वृद्धिदरलाई आधार मानेर यसपटक मुलुकको जनसंख्या […]