राष्ट्रिय जनगणना २०७८ मा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराको जनसंख्या पनि समेटिएको छ ।
केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनसंख्या २ करोड ९१ लाखभित्र सो भेगको जनसंख्यासमेत समेटिएको बताए ।
विस्तृत विवरण भने आउन बाँकी छ ।