टुरिजम सेटलाइट एकाउण्टको मापदण्ड कार्यान्वयनमा ल्याऊ : महालेखापरीक्षक

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुलुकको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान पहिचान गर्नको लागि टुरिजम सेटलाइट कार्यान्वयनमा ल्याउन सकेको छैन । महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ ले समेत टुरिजम सेटलाइट एकाउण्ट सम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याउने वार्षिक कार्यक्रममा अपेक्षित प्रगति नभएको औंल्याएको छ । तत्कालीन पर्यटन मन्त्री स्व.रवीन्द्र अधिकरीले सन् २०१८ मै […]

सम्बन्धित सामग्री

महालेखापरीक्षक चाँडो नियुक्त गर्न एमाले सांसद राईको माग

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद रामचन्द्र राईले महालेखापरीक्षक तत्काल नियुक्त गर्न सरकारसँग माग गरेका छन्।मुलुकमा सुशासन व्यवस्थित गराउन सरकारले महालेखापरीक्षकको नियुक्ति गर्ने काममा ढिलाइ गर्न नहुने उनको भनाइ थियो। आइतवार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद राईले बेरुजु फर्स्योट गर्नका लागि पनि सरकारले महालेखापरीक्षक नियुक्ति चाँडोभन्दा चाँडो गर्नुपर्ने स्पष्ट पारे।उनले संघीय निजामती सेवा ऐन छिटो संसद्‌मा ल्याउन पनि सरकारलाई दबाब दिए। सुशासनको पाटोमा सहज ढंगले काम गर्न

महालेखापरीक्षक नियुक्त गर्न राष्ट्रिय सभा चुनाव कुर्दै सरकार !

काठमाडौं,२६ कार्तिक । यदि सरकारको उदासीनता हुँदैनथ्यो भने अनि हाम्रालाई भन्दा राम्रालाई छान्ने हिम्मत प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्ले गर्न सकेको भए झण्डै ७ महिनादेखि कार्यवाहकको भरमा चलेको महालेखापरीक्षकको कार्यालयले कार्यालय प्रमुख पाउने थियो । सबै सार्वजनिक निकायको अन्तिम लेखा परीक्षण गर्ने, प्रतिवेदन बुझाउने र जिम्मेवार निकायहरुलाई आर्थिक र वित्तिय गतिविधिमा उत्तरदायी बनाउने प्रमुख संवैधानिक […]

महालेखापरीक्षक बन्न पूर्वसचिवहरूको लर्को

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले इच्छुकको रोष्टर तयार गर्ने क्रममा डेढ दर्जनभन्दा बढीले इच्छा देखाएका हुन् ।

महालेखापरीक्षक बन्न बहालवाला तीन सचिवदेखि विवादास्पद सिएसम्मको आवेदन

झन्डै तीन महिनादेखि रिक्त महालेखापरीक्षक पदका लागि १६ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा तीन बहालवाला सचिवदेखि सिएसम्म छन् । विवादास्पद छविका सिए सुबोधकुमार कर्णले पनि आवेदन दिएका छन् ।गत ७ जेठमा...

६० वर्षदेखिको बेरुजु फर्स्यौट हुन बाँकी छ : कार्यवाहक महालेखापरीक्षक काफ्ले

काठमाडौं : नेपालमा ६० वर्षअघि देखिको बजेटको बेरुजु फर्स्यौट हुन बाँकी रहेको खुलासा भएको छ।कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले २०२० सालबाट नेपालमा लेखा परीक्षण प्रतिवेदन तयार पार्ने काम शुरु गरेको उल्लेख गर्दै सोही बेलादेखिको बेरुजु फर्स्यौट बाँकी रहेको बताएका हुन्।आइतवार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले काठमाडौंमा गरेको कार्यक्रममा उनले आन्तरिक लेखा परीक्षणमा नै सबै बेरुजु फर्स्यौट हुनुपर्नेमा वर्षौंदेखि सो काम नहुनु मुलुकको निम्ति भयावह अवस्था भएको पनि स्मरण गराए। महालेखाप

अवकाशमा जाँदै कार्यवाहक महालेखापरीक्षक कुँवर, छैन नयाँ नियुक्तिको सुरसार

काठमाडौं,१८ साउन । सार्वजनिक निकायहरुको अन्तिम लेखापरीक्षण गर्ने संवैधानिक निकायकोरुपमा रहेको महालेखापरीक्षकको कार्यालय नेतृत्वविहीन भएको दुई महिना भन्दा बढि समय भइसकेको छ । ११औं महालेखापरीक्षक टंकमणि शर्मा दंगालले आफ्नो ६ वर्षे कार्य अवधी पुरा गरी गत जेठ ८ गतेबाट अवकास पाएपछि महालेखा कार्यालय कार्यवाहकको भरमा चलेको लामो समय भइसकेको छ । नेपालको संविधान अनुसार संवैधानिक […]

युएसएड महालेखापरीक्षक सहयोग परियोजना शुरू, 'लेखापरीक्षणको गुणस्तर सुधार हुने'

काठमाण्डौं । अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (युएसएड) ले नेपालमा महालेखापरीक्षक सहयोग परियोजनाको शुभारम्भ गरेको छ । यस परियोजनाको उद्देश्य नेपालमा जवाफदेहितालाई मजबुत बनाउनु र पारदर्शिताको प्रवर्द्धन गर्नु रहेको युएसएडले जनाएको छ । शुक्रवार नेपाल सरकारको महालेखापरीक्षक कार्यालय र अमेरिकी सरकारको जवाफदेहिता सम्बन्धी कार्यालय (सेन्टर फर अडिट एक्सलेन्स) बीचमा उक्त साझेदारीको शुभारम्भ भएको हो ।  यो सहकार्यबाट नेपालको महालेखापरीक्षकको कार्यालयलाई लेखापरीक्षणको गुणस्तर सुधार गर्नका लागि तालिम तथा प्राविधिक सहायता प्राप्त हुने जानकारी गराइएको छ । साथै, प्रशिक्षण तथा परामर्श मार्फत परिणामहरूको प्रभावकारी सञ्चार र दिगो क्षमता अभिवृद्धि हुने लक्ष्य लिइएको छ ।  शुभारम्भ कार्यक्रममा बोल्दै अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (युएसएड) का काउन्सेलर क्लिन्टन ह्वाइटले युएसएड महालेखापरीक्षक सहयोग परियोजनाको शुभारम्भ सुखदःक्षण भएको बताए । ‘युएसएड महालेखापरीक्षक सहयोग परियोजनाले महालेखापरीक्षकको कार्यालय, नेपाल र युएसएडबीचको सहकार्यमूलक साझेदारीलाई झल्काउँछ ।’ उनले भने ‘जालसाजी पत्ता लगाउने महालेखापरीक्षकको कार्यालयको क्षमतालाई बलियो बनाउन यो साझेदारीले सहयोग गर्दछ । साथै सार्वजनिक वित्तीय व्यवस्थापनमा पारदर्शिता तथा जवाफदेहिता सुनिश्चित गर्न नेपाल सरकारको नीति तथा कार्यविधिको कार्यान्वयनलाई बलियो बनाउन पनि साझेदारहरूको साझा लक्ष्य रहेको छ ।’ अमेरिकी सरकारको जवाफदेहिता सम्बन्धी कार्यालय (सेन्टर फर अडिट एक्सलेन्स) को विज्ञताको उपयोग गरेर र अन्तरराष्ट्रिय उत्कृष्ट अभ्यासहरूको पालना मार्फत सहकार्यपछि नेपालमा सुशासन थप मजबुद बन्ने पनि युएसएडले जनाएको छ । युएसएड काउन्सेलर ह्वाइट नेपालको तीन दिने भ्रमणमा रहेका छन् । भ्रमणको क्रममा उनले नेपाल सरकार, नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी र व्यवसायीसँग भेटघाट गर्नेछन् । यो भम्रणका क्रममा दुईदेश बीचको लामो मित्रतालाई बलियो बनाउन अमेरिका र नेपालबीच जारी सहकार्य तथा साझेदारीबारे पनि छलफल हुने युएसएडले जनाएको छ ।

महालेखापरीक्षक कार्यालयले बेरुजु निरुत्साहित गर्ने योजना बनाउनुपर्ने आवश्यकता

मुलुकको अर्थतन्त्र संकटोन्मुख भएको अवस्थामा वर्षैपिच्छे राज्यका जिम्मेवार निकायको बेरुजु बढ्नु चुनौतीको विषय भएको भन्दै सांसदहरुले चिन्ता व्यक्त गरेका छन् ।मंगलबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले महालेखापरीक्षकसँगको छलफलमा सांसदहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । छलफलमा सांसदहरुले बजेट खर्च गर्दा अनियमिता भएकाले नै बेरुजु बढ्दै गएको भन्दै महालेखापरीक्षक कार्यालयले बेरुजु निरुत्साहित गर्ने […]