काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद रामचन्द्र राईले महालेखापरीक्षक तत्काल नियुक्त गर्न सरकारसँग माग गरेका छन्।मुलुकमा सुशासन व्यवस्थित गराउन सरकारले महालेखापरीक्षकको नियुक्ति गर्ने काममा ढिलाइ गर्न नहुने उनको भनाइ थियो। आइतवार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद राईले बेरुजु फर्स्योट गर्नका लागि पनि सरकारले महालेखापरीक्षक नियुक्ति चाँडोभन्दा चाँडो गर्नुपर्ने स्पष्ट पारे।उनले संघीय निजामती सेवा ऐन छिटो संसद्मा ल्याउन पनि सरकारलाई दबाब दिए। सुशासनको पाटोमा सहज ढंगले काम गर्न