राष्ट्र बैंकले आज रिपोमार्फत ३० अर्ब बजारमा पठाउने

तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ७ दिने रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो कात्तिक ३ गते परिपक्व हुने यो रिपो बिहीबार दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र

सम्बन्धित सामग्री

६८औँ वार्षिकोत्सव मनाउँदै नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज ६८औँ वार्षिकोत्सव मनाउँदै छ । १४ वैशाख २०१३ मा राष्ट्र बैंक स्थापना भएको थियो ।

मेलम्चीमा ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम

काठमाडौँ,२५ मँसिर । विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रमअन्तर्गत आज मेलम्चीको इन्द्रेश्वरी मावीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले विद्यार्थीसँग नेपाल राष्ट्र बैंक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमले बालबालिका एवं युवामा वित्तीय ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको […]

राष्ट्र बैंक अगाडि व्यापारीको धर्ना

नेपालगञ्ज – नेपालगञ्जका व्यापारीले राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागु हुने गरी कारोबारको २० र २५ प्रतिशत ऋण लगानी गर्ने नीति ल्याएपछि व्यापारीहरू आन्दोलनमा उत्रिएका हुन् । नेपालगञ्ज उद्योग बाणिज्य संघको अगुवाइमा व्यापारीले राष्ट्र बैंक अगाडि एक घण्टा धर्ना दिएका हुन् । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले […]

साउन यता राष्ट्र बैंकले खरिद गर्‍यो करिब ४२ अर्बको ट्रेजरी बिल

३ असोज, काठमाडौं । चालु आर्थिक वर्ष लागेपछि ४१ अर्ब ८६ करोड बराबरको ट्रेजरी बिल राष्ट्र बैंक आफैंले खरिद गरेको छ । राष्ट्र बैंकले नवीकरणका लागि बोलकबोल गरेको ट्रेजरी बिलको ब्याजदर दोहोरो अंकमा पुगेपछि राष्ट्र बैंकले आफैं खरिद गरेर ब्याजदरमा हस्तक्षेप गरेको हो । राष्ट्र बैंकले २ असोज आइतबार २८ दिन, ९१ दिन र १८२ […]

राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि रायसुझाव

काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ। नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो। उक्त ऐनको परिच्छेद-५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने…

मौद्रिक नीतिको दबाबमा राष्ट्र बैंक

राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक भएसँगै यता राष्ट्र बैंकमाथि पनि मौद्रिक नीतिको दबाब बढेको हो । मौद्रिक नीतिकै लागि अहिले राष्ट्र बैंकले सरोकारवाला पक्ष, निकाय तथा व्यक्तित्वहरुसँग राय, सल्लाह सुझाव माग गरिरहेको छ । तर, मौद्रिक नीतिकै लागि भनेर अहिले नै कुनै औपचारिक छलफल तथा भेटघाट भने भइनसकेको राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकरण भट्ट बताउँछन् । उचित सल्लाह सुझावका आधारमा आवश्यकता र औचित्य हेरेर राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीत

राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचको द्वन्द्वले पर्ने असर

सरकारले आफ्नो आर्थिक नीतिले डो-याउनुपर्ने अर्थतन्त्र मौद्रिक नीतिको भरमा छोडिदिँदा यसबाट अझै अर्थतन्त्रमा परेको दबाब घट्न सकेको छैन । नेपाल राष्ट्र बैंक नेपाल सरकारको आर्थिक सल्लाहकार हो । तर, पछिल्ला समय राष्ट्र बैंक तथा अर्थमन्त्रालयबीच देखिएको द्वन्द्वले सरकारको अर्थतन्त्रप्रतिको दृष्टिकोण पनि उजागर गरेको छ । अर्थमन्त्रालयले राष्ट्र बैंक चलाउन खोज्ने अनि राष्ट्र बैंकले आर्थिक नीति […]

विदेशी बैंकको शाखा खोल्नदिन राष्ट्र बैंक लचिलो

विदेशी बैंकहरूलाई नेपालमा शाखा खोल्न दिन नेपाल राष्ट्र बैंक लचिलो बनेको छ । विदेशी बैंकले नेपालमा शाखा खोल्ने व्यवस्थाबारे सन् २०१० मा जारी नीति परिवर्तन गर्दै विदेशी बैंकलाई नेपालमा शाखा खोल्नका लागि न्यूनतम पूँजीसम्बन्धी प्रावधानमा राष्ट्र बैंक लचिलो भएको हो ।बुधवार निर्देशन जारी गर्दै राष्ट्र बैंकले विदेशी बैंकहरूले शाखा खोल्दा कम्तीमा २ करोड अमेरिकी डलर चुक्ता पूँजी भए पुग्ने व्यवस्था गरेको छ । पहिले न्यूनतम चुक्ता पूँजी २ करोड अमेरिकी डलर (करीब अढाइ अर्ब) तोकिए पनि सन् २०१४ मा संशोधन गरी ने

वोमी र सूर्योदय मर्ज हुने पक्का, राष्ट्र बैंकले दियो स्वीकृति

२२ कात्तिक, काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने पक्का भएको छ । प्रारम्भिक सम्झौता गरी स्वीकृतिका लागि राष्ट्र बैंक पुगेका दुवै संस्थाहरुलाई राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भदौ १५ गते, मंगलबार गाभिनेसम्बन्धी सम्झौतामा […]