राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक भएसँगै यता राष्ट्र बैंकमाथि पनि मौद्रिक नीतिको दबाब बढेको हो । मौद्रिक नीतिकै लागि अहिले राष्ट्र बैंकले सरोकारवाला पक्ष, निकाय तथा व्यक्तित्वहरुसँग राय, सल्लाह सुझाव माग गरिरहेको छ । तर, मौद्रिक नीतिकै लागि भनेर अहिले नै कुनै औपचारिक छलफल तथा भेटघाट भने भइनसकेको राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकरण भट्ट बताउँछन् । उचित सल्लाह सुझावका आधारमा आवश्यकता र औचित्य हेरेर राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीत