भारतबाट १० महिनामा करिब एक खर्बको डिजेल र पेट्रोल आयात

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा नेपालले भारतबाट ९७ अर्ब ४५ करोड १४ लाख २२ हजार रुपैयाँको डिजेल तथा पेट्रोल आयात गरेको छ। भन्सार विभागकाअनुसार सो अवधिमा ७० अर्ब ५६ करोड ६३ लाख ५१ हजार रुपैयाँको डिजेल र २६ अर्ब ८८ करोड ५० लाख ७१ हजार रुपैयाँको पेट्रोल नेपाल भित्रिएको छ।