काठमाडौं : कोरोना भाइरस संक्रमण बढ्दै जाँदा सरकारले नेपाल मास्क अभियान सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सप्ताहव्यापी रुपमा अभियान सुरु गरेको हो। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अभियानको शुभारम्भ गरेका छन्।‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने नारा सहित अभियान सुरु भएको छ।देशव्यापी रुपमा कोरोना भाइरसको बढ्दो