रोल्पा नगरपालिका र उद्योग वाणिज्य संघको संयुक्त लगानीमा लिवाङबजारका सार्वजनिक स्थानमा राखिएका सीसीटीभी क्यामेरा बिग्रिएर प्रयोगविहीन भएका छन् । २०७५ साउनमा १० बजारका विभिन्न स्थानमा ती उपकरण जडान गरिएका थिए ।
सीसीटीभी बिग्रिएसँगै सदरमुकामको शान्ति सुरक्षामा थप चुनौती थपिएको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । प्रहरी निरीक्षक सन्तोष केसीले भने, 'सीसीटीभी चालु नभएपछि प्रहरीको थप कार्यभार थपिएको छ, प्रविधिले प्रहरीको कामलाई पनि सहज बनाएकाले सीसीटीभी शान्ति सुरक्षाका लागि अत्यावश्यक हुन्छ ।'
वाणिज्य सं...