पाँचथर - पाँचथरमा मतगणनास्थलमा सीसी क्यामेरा जडानसँगै तारजाली लगाउने काम सकिएको छ। सीसी क्यामेरा जडानसँगै तारजाली लगाउने र गणनास्थल फिदिममा रहेकाे जिल्ला समन्वय समिति अगाडिको कर्भड हल वरपर सुरक्षा प्रबन्ध मिलाउने काम सकिएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पाँचथरमा प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभा सदस्यका लागि दुई निर्वाचन क्षेत्र रहेको छ। पाँचथरका सबै मतपेटिका कभर्ड हलमा राखेर त्यही हलमा तीन वटा समूहले गणना गर्नेगरी ठाउँको व्यवस्थापन गरिएको मुख्य निर्वाचन ...