१७ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको चुनावको मतगणनास्थलमा सीसी क्यामेरा राख्ने गरी व्यवस्था मिलाउन ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ । निर्वाचन आयोगको आग्रहमा मन्त्रालयले यस्तो पत्राचार गरेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तहले पनि सीसीक्यामेरा राख्ने आग्रहका सम्बन्धमा सकारात्मक प्रतिक्रिया दिएका छन् […]