–भरत केसी विश्व स्वास्थ्य सङ्गठनले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीबाट डा.राजेश समबाजीराव पाण्डवले ‘हिँड्दै कुरा गर’ (वाक द टक) अभियान थालेको छ । विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा.राजेशको नेतृत्वमा यसवर्ष आज बिहान बुद्ध जन्मस्थल लुम्बिनीबाट अभियानको शुरुआत गरिएको छ ।विश्व स्वास्थ्य सङ्गठनले आफ्नो ७० औँ वार्षिकोत्सवका अवसरमा सन् २०१८ देखि वाक द टक अभियान चलाउँदै आएको छ । अभियानको शुरुआतका क्रममा डा.राजेशले विश्वभरि