काठमाडौँ- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा हवाई भाडा घटाएको छ । असार २० गते बुधबारदेखि लागू हुनेगरी आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा घटेको छ । प्राधिकरणका अनुसार नेपालको अहिलेको लामो रुट विराटनगर–नेपालगञ्जका लागि प्रतिटिकट ७५० रुपैयाँ इन्धनको मूल्य कम भएको छ । […]