धनगढी : कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले फराकिलो मतान्तरका साथ अग्रता कायमै राखेको छ।शनिवार साँझ ६ बजेसम्मको मतगणनाअनुसार नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल डंगौरा थारु दोब्बर बढी मतले अगाडि छन्।नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार डगौरा थारुले ५८८ र उपमेयर पदका उम्मेदवार उल्कादेवी विकले ५०१ मत प्राप्त गरेका छन्।दोस्रो स्थानमा नेकपा एमाले छ। एमालेबाट मेयर पदका उम्मेदवार श्याम खत्रीले २६७ मत र उपमेयर उपमा केसीले १९० मत प्राप्त