धनगढी: नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्व सांसद रेशमलाल चौधरीले आफू २०८४ सालमा चुनाव लडेर जित्ने बताएका छन्।टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल जीवन बिताइरहेका चौधरी अस्ति गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएका थिए। त्यसपछि आज (बुधबार) कैलालीको धनगढीस्थित कारागार पुगेका उनले फेरि २०८४ सालमा प्रतिनिधिसभाको चुनाव लडेर जनप्रतिनिधि बन्ने बताएका हुन्। २०७२ भदौमा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थि