किन १ दिनमै फर्किए निजी जहाज लिएर नेपाल घुम्न आएका ७३ जना अमेरिकी अर्बपति ?

अमेरिकाबाट ७३ जना अर्बपतिहरु निजी जहाज लिएर नेपाल घुम्न आएका छन् । नेसनल जोग्राफिक सोसाइटीको निजी जहाज (बोइङ ७५७) लिएर अमेरिकी अर्बपतिहरुको जम्बो टोली नेपाल घुम्न आएको हो । अमेरिकी अर्बपतिहरु सवार जहाज मंगलबार बिहान काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । नेपालका विभिन्न गन्तव्यमा घुम्ने गरी आएको भएपनि खराब मौसमका कारण उनीहरुले पूर्वनिर्धारित गन्तव्य भने घुम्न पाएनन् । उनीहरु आजै भुटान जाने छन् । मंगलबार भने उनीहरु होटल द्वारिकाजमा बसेका छन् ।जहाज चार्टर गरेर विश्व भ्रमणमा निस्किएका उनीहरुले नेपाललाई पनि आफ्नो भ्रमण देशको सूचीमा राखेर नेपाल उत्रिएका थिए । काठमाडौँबाट उनीहरु मुस्ताङको ल्होमान्थाङसम्म जाने तालिका थियो । तर, मौसम खराबीका कारण उनीहरु जान पाएनन् । एक हप्ता नेपाल घुम्ने गरी आएका अमेरिकी अर्बपतिहरु मुस्ताङको ल्होमान्थाङदेखि चितवनको मेघौली र धुलिखेलसम्म घुम्ने तालिका थियो । तर, बुधबार धुलिखेल पुग्नेबाहेक अरु तालिका अनुसार उनीहरु घुम्न पाएनन् । आज धुलिखेलमा बिहानको खाजा खाएर उनीहरु भुटान जान तयार भएका छन् । उनीहरुलाई भुटान एयरलाइन्सको चार्टर जहाजले भुटान लैजाने छ । २ दिन भुटान घुमेर उनीहरु शुक्रबार पुनः काठमाडौँ आउने छन् । त्यसपछि आफ्नै जहाज लिएर भारत जानेछन् । वासिङटनबाट घुम्न निस्किएका उनीहरु १३औँ दिनमा नेपाल आइपुगेका हुन् ।

सम्बन्धित सामग्री

भारतीय अर्बपति अडानी बने विश्वको तेस्रो धनी

भारतीय अर्बपति गौतम अडानी विश्वको तेस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन्। फ्रान्सका बनार्ड अरनाल्टलाई पछि पार्दै अडानी तेस्रो स्थानमा उक्लिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सर्वाधिक धनीहरुको सूचीमा अब अडानीभन्दा अघि टेस्लाका...

महामारीमा हरेक दिन एक जना नयाँ अर्बपति जन्मिए : अक्सफार्म

कोरोना महामारीमा धनी र गरिबबीचको खाडल निक्कै बढेको तथ्याङ्क सार्वजनिक भएको छ। अर्थात महामारीको पछिल्लो दुई वर्षको अवधिमा धनी झन् धनी र गरिब झन् गरिब हुँदै गएका छन् । अक्सफार्म रिपोर्ट अनुसार सन् २०२० यता ५७३ नयाँ अर्बपति थपिएछन् । अर्थात प्रत्येक ३० घण्टामा एक जना नयाँ अर्बपति बनेको देखिन्छ । अहिले विश्वमा २६६८ पुगेको आइतबार अक्सफार्मले जारी गरेको विश्लेषणमा उल्लेख छ ।  फोर्ब्सले संकलन गरेको तथ्याङ्कको विश्लेषणबाट बनाइएको रिपोर्टले विगत दुई वर्षमा बढेको असमानतामा ध्यान केन्द्

कोभिडले हरेक ३० घन्टामा नयाँ अर्बपति जन्मायो

कोभिड–१९ महामारीले हरेक ३० घण्टामा एक जना नयाँ अर्बपति सिर्जना गरेको र २०२२ मा १० लाख मानिसहरू उही गतिमा चरम गरिबीमा फस्ने एउटा अध्ययन प्रतिवेदनले जनाएको छ । अक्सफामको हालसालैको प्रतिवेदन ‘प्रोफिटिङ फ्रम पेन’मा  कोभिड–१९ महामारीले हरेक ३० मिनेटमा नयाँ अर्बपति सृजना गरेको र सन् २०२२ मा यही गतिमा १० लाख मानिस चरम गरिबीमा धकेलिने उल्लेख छ । प्रतिवेदनअनुसार खाद्य र उर्जा क्षेत्रका अर्बपतिहरूले प्रत्येक दुई दिनमा १ अर्ब डलरले आफ्नो रकम बढाइरहेका छन् किनकी महत्वप

कोभिडले हरेक ३० घन्टामा नयाँ अर्बपति जन्मायो

एजेन्सी, डाभोस, ९ जेठ : कोभिड–१९ महामारीले हरेक ३० घण्टामा एक जना नयाँ अर्बपति सिर्जना गरेको र २०२२ मा १० लाख मानिसहरू उही गतिमा चरम गरिबीमा फस्ने एउटा अध्ययन प्रतिवेदनले जनाएको छ । अक्सफामको हालसालैको प्रतिवेदन ‘प्रोफिटिङ फ्रम पेन’मा कोभिड–१९ महामारीले हरेक ३० मिनेटमा नयाँ अर्बपति सृजना गरेको र सन् २०२२ मा यही गतिमा १० लाख […]

यी हुन् प्रविधि उद्योगका २० शीर्ष अर्बपति

फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको २०२२ को विश्वका अर्बपतिहरूको सूचीमा ३३२ जना अर्बपतिहरू प्रविधि क्षेत्रका रहेका छन् । गतवर्ष यस्तो संख्या ३६५ थियो । यद्यपि वित्तीय तथा लगानी र उत्पादन उद्योगको क्षेत्रपछि सबैभन्दा धेरै अर्बपति भएको तेस्रो आकर्षक क्षेत्र चाहिं सूचना प्रविधि क्षेत्र नै रहेको छ । वित्तीय तथा लगानीको क्षेत्रमा ३ सय ९३ जना अर्बपति […]

भारतबाहेक विनोद चौधरी बने दक्षिण एसियाका एक्ला अर्बपति

विश्वभरका धनीहरुको बारेमा सूची प्रकाशन गर्ने फोर्ब्सले यो वर्ष पनि विश्वभरका डलर अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । गएराति सार्वजनिक सूची अनुसार दक्षिण एसियामा भारतमा बाहेकका अर्बपति नेपालका विनोद चौधरी मात्र रहेका छन् । दक्षिण एसियाका देशहरुमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपालमात्र परेका हुन् । दक्षिण एसियाका अन्य मुलुकहरु श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानका कुनैपनि व्यवसायी अर्बपतिको सुचीमा परेका छैनन् । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्

विश्वका पाँच शहर : जहाँ १०० भन्दा बढी अर्बपति बस्छन्

विश्वका पाँच वटा शहरमा १०० जनाभन्दा धेरै अर्बपति बस्ने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । ‘हुरून ग्लोबल रिच लिस्ट’का अनुसार विश्वका पाँच शहरमा १०० जनाभन्दा धेरै अर्बपतिहरू बस्छन् । चीनको संघीय राजधानी बेइजिङ सबैभन्दा धेरै डलर अर्बपतिहरू बस्ने शहर हो । यो शहरमा १४४ जना अर्बपति बस्छन् । यस्तै, सूचीको दोस्रो स्थानमा चीनकै आर्थिक राजधानी संघाई छ । यो शहरमा १२१ जना अर्बपति बस्ने गरेका छन् ।यो सूचीको तेस्रो स्थानमा चीनकै शेनजेन शहर पर्छ । यो शहरमा ११३ जना अर्बपति बस्ने गरेको प्रतिवेदनले दे

नाैं वर्षिय यी अर्बपति बालक, जसकाे छ आफ्नै प्राइभेट जेट

विश्वमै सबैभन्दा कम उमेरमा नाईजेरियाका महम्मद अवाल मुस्ताफा अर्बपति बन्न सफल भएका छन् । नौँ वर्षीय महम्मद अवाल मुस्ताफा विश्वमै सबैभन्दा कम उमेरमा अर्बपति बनेका हुन् । उनको नाम मोम्फा जुनियर पनि रहेका छ र उनी एक इन्फ्लुयेन्सर हुन् । उनको इन्स्टाग्राममा २९ हजार ८०० जना फ्लोअर रहेको छन् । मोम्फा जुनियर नाईजेरियाको इन्टरनेट सेलिब्रेटी तथा करोडपति इस्मेलियम मुस्ताफाका...

मंगलबार अन्तरिक्ष यात्रा गर्दै अर्बपति बेजोस

अर्बपति व्यापारी जेफ बेजोसले आज मंगलबार अन्तरिक्षका लागि उडान भर्ने भएका छन् । उनी आफ्ना भाइ मार्क बेजोस, ८२ वर्षीय पूर्वपाइलट वेली फङ्क र १८ वर्षीय एक छात्रसहित अन्तरिक्ष यात्रामा...