पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ८४१ मा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । एक हजार ५१४ को पीसीआर परीक्षण गर्दा ३९६ र एक हजार ४७५ को एन्टिजेन परीक्षण गर्दा ४४५ मा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३५ र मोरङमा १३५, सुनसरीमा ८२, इलाममा २१, धनकुटामा १०, भोजपुरमा तीन, पाँचथर, उदयपुर र तेह्रथुममा दुई/दुई, ताप्लेजुङ र खोटाङमा एक÷एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो ।सोही अवधिमा प्रदेशमा आजै