पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ६९२ मा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमा एक हजार ४१० को पीसीआर परीक्षण गर्दा ४७० र एक हजार ४०४ को एन्टिजेन परीक्षण गर्दा ३९० जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २११, सुनसरीमा ११५, मोरङमा ८९ मध्ये विराटनगरमा ३४, धनकुटामा ११, इलाममा नौ, भोजपुरमा तीन, ताप्लेजुङमा दुई, पाँचथर, खोटाङ, उदयपुर, सोलुखुम्बु र सङ्खुवासभामा एक एक र प्रदेश बाहिरका चार जनाम