पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो २१ जनामा सङ्क्रमण देखिएको थियो । प्रदेशमा आजै ५९ महिलासहित १३० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाका कारण सो अवधिमा मोरङ, सुनसरी, झापा र इलामका एक÷एक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशमा हालसम्ममा ७०६ महिलासहित दुई हजार ८८ जनाको मृत्यु भइसकेको छ ।सोही अवधिमा २६ जनाको पिसीआर परीक्षण गर्दा झापाको मेचीनगर र मोरङको केराबारीमा एक÷एक जना