२५ कात्तिक, काठमाडौं । बाँकेको निर्मला कुर्मी प्रकरणमा गृह मन्त्रालयका सह–सचिव हिरालाल रेग्मीको नेतृत्वमा गठित छानविन समितिले पूर्वसभासद् बादशाह कुर्मीमाथि पनि अनुसन्धान गर्नुपर्ने निश्कर्ष निकालेको छ । समितिले गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको प्रतिवेदनको आधारमा ७ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा किटानी जाहेरीमा उल्लेखित रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, […]