चीनसँग जोडिएका सीमास्तम्भ अनुगमन तीव्र

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका हिल्सा सीमा सुरक्षामा रहेको सुरक्षा प्रहरीचौकी (बिओपी) हिल्साले पछिल्लो समय चीनसँग जोडिएका सीमास्तम्भको अनुगमनलाई तीव्रता दिँदै आएको छ । दुई वर्ष हिल्साको सीमा क्षेत्रमा रहँदै आएको हिल्सा बीओपीले चीनको सिमानामा रहेको ४ नम्बर सीमास्तम्भमा पहिलो पटक पुगेर आफ्नो क्षेत्रको स्थलगत अनुगमन गरेको छ । वर्षा याममा हिमपात नहुने र मौसम सफा हुने भएकाले पनि उच्च क्षेत्रमा चीनसँग जोडिएका सीमा क्षेत्रको सीमा स्तम्भको अनुगमनलाई तीव्रता दिँदै आएको हिल्सा बिओपिका इन्चार्ज सुरज केस