नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार भाउको आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गरेको बताएको छ । निगमका कार्यकारी निर्देश उमेशप्रसाद थानीले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य बढाइएको बताए ।उनले आज उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताए । यस्तै उनले यहि असार मसान्तसम्म परल मूल्य (लागत मूल्य) अनुसार पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिने समेत बताए । थानीका अनुसार अहिले बढाइएको मूल्य त्यसैको तयारी हो ।